सन्जालमा महत्वपूर्ण दृष्य लिक भएपछि तनावमा ‘मायावी’ टीम, साइबर ब्यूरोमा उजुरीदिने तयारी

 

काठमाडौं- महाशिवरात्रिको दिन अर्थात हिजो फागुन १४ गतेदेखि प्रदर्शनमा आएर दर्शकको अत्यधिक साथ पाइरहेको नयाँ नेपाली फिल्म ‘मायावी’को निर्माण पक्ष अचानक तनावमा आएको छ ।



सामाजिक सञ्जाल टिकटकमा फिल्मका क्लाइमेक्ससहितका फिल्मका महत्वपूर्ण दृष्यहरु लिक भएपछि निर्माण पक्ष तनावमा आएको हो । फिल्मका निर्देशक दिवाकर भट्टराईले बिहीवार बिहान कलाकर्मीसंग कुराकानी गर्दै सामाजिक सञ्जालमा आफ्नो फिल्मका महत्वपूर्ण दृष्यहरु लिक गर्ने व्यक्ति विरुद्ध साइबर ब्यूरोमा उजुरी दिएर कडा कारवाही गर्ने तयारी भैरहेको बताए ।

हाम्रो फिल्मको क्लाइमेक्स नै टिकटकमा राखिएको छ । यसरी सिनेमा हलबाट हाम्रो फिल्म खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्तिको पहिचान भैसकेको छ । साइबर व्यूरोमार्फत त्यसरी भिडियो लिक गर्ने व्यक्तिलाई कारवाही गरिने छ, निर्देशक भट्टराईले आजदेखि हरेक सिनेमा हलमा फिल्म प्रदर्शन भैरहेको बेला कडा निगरागि राखिने संयन्त्रसमेत निर्माण गरिएको जानकारी गराए ।

फिल्मकी अभिनेत्री दीपिका प्रसाईले सम्पूर्ण दर्शकहरुसमक्ष अपील गर्दै सिनेमा हलमै गएर फिल्म हेर्न तथा फिल्मका दृष्यहरु खिचेर सामाजिक सञ्जालमा लिक नगर्न आग्रह गरेकी छिन् । ‘हामी सम्पूर्ण दर्शकहरुलाई गैरकानूनी तरिकाले फिल्म खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने कार्य तत्काल रोक्न आग्रह गर्दछौ, अभिनेत्री प्रसाईले टिकटकमा देखिएका दृष्यहरु डिलिट गरिदिनसमेत आग्रह गरेकी छिन् ।



बिहीवारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै उत्साहजनक व्यवसाय गरेको निर्देशक भट्टराईको भनाइ छ । प्रेम कथामा आधारित यो फिल्ममा पल शाह, दीपिका प्रसाई, समीम खान, करिश्मा श्रेष्ठ आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।

– KK NEWS