अर्घाखाँचीको ढाकावाङ्गमा निःशुल्क आँखा शिविर सम्पन्नः ५ सय ४ जनाको आँखा परिक्षण गर्दा ३४ जनामा मोतिविन्दु पुष्टी (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई फागुन–२२,अर्घाखाँची

अर्घाखाँचीको भूमिकास्थान–१, ढाकावाङ्गमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ ।

May be an image of 12 people and text

भूमिकास्थान नगरपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा स्थानीय ५ सय ४ जनाको आँखा निःशुल्क परिक्षण गरिएको भूमिकास्थानको स्वास्थ्य शाखा प्रमुख सुरेश प्रसाद गैरेले जानकारी दिनुभएको छ ।

May be an image of 6 people and text

भूमिकास्थानको वडा नम्बर १ स्थित ढाकावाङ्ग स्वास्थ्यचौकीमा आयोजित वडा नम्बर १ र २ लाई लक्षित गरि शिविरमा आँखा परीक्षण गराउने मध्ये ३४ जनामा मोतिविन्दु देखिएको र उनीहरूको फागुन २५ गते नगरस्तरिय आधारभुत अस्पताल चिदिचौरमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको भूमिकास्थान नगरप्रमुख झविलाल थापाको भनाई छ ।

May be an image of 13 people, tree and text that says "μΕιΝΕ SEINC Good SERVICE SERVICE"

फागुन १७ गते शनिबार डेभा र बुधबार ढाकावाङ्गमा भएको निःशुल्क आँखा परिक्षण शिविर भूमिकास्थानको आयोजना र आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोगमा सम्पन्न भएको र फागुन २५ गते आइतबार रणअम्बिका शाह आँखा अस्पताल भैरहवाको समेत समन्वयमा मोतिविन्दु देखिएकाहरुलाई निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख गैरेले बताउनुभएको छ ।

May be an image of 6 people and people studying

स्वास्थ्य शाखा प्रमुख गैरेका अनुसार ढाकावाङ्गमा सम्पन्न शिविरमा जम्मा ५ सय ४ जनाको आँखा परिक्षण भएको छ । जसमध्ये २ सय ५१ जनालाई चश्माको साथै आवश्यकता अनुसारको औषधि सबै निःशुल्क रुपमा बितरण गरिएको छ ।

May be an image of 6 people and text

शिविरको उद्घाटन शत्रमा नगरप्रमुख झविलाल थापा, भूमिकास्थान–१ का वडाध्यक्ष गोपाल खनाल, वडा नम्बर २ का वडाध्यक्ष बुद्धि बहादुर थापा र शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले ग्रामिण तहमा उपचारको पहुँचमा नभएकाहरुलाई सेवा दिने उदेश्यले शिविर संचालन गरिएको बताउनुभएको छ ।