भैरहवामा तीनपांग्रे सवारीसाधनको व्यवस्थापन जटिल बन्दै

 

-प्रेरणा नेपाली ।

भैरहवा, फागुन २२ । तीनपांग्रे सवारीसाधनहरूको व्यवस्थापनमा बढ्दो अव्यवस्था र दुर्घटनाका कारण यातायात व्यवस्थापनमा समस्याहरु उत्पन्न भइरहेको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पनि तीनपांग्रे सवारीसाधनको व्यवस्थापन जटिल बन्दै गएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पक्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै नगरपालिकामा अटो, टेम्पो र ई–रिक्सा जस्ता तीनपांग्रे सवारीको व्यवस्थापन जटिल बन्दै गएको सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले बताएका छन ।

सिद्धार्थनगर नगरपालिका र नगरपालिका मातहतमा रहेका नगर प्रहरी परिचालन गरेर वा जनप्रतिनिधि कर्मचारी परिचालन गरेर तीनपांग्रे सवारीसाधनको व्यवस्थापन हुन नसक्ने उनले बताए ।

नगरपालिकामा तीनपांग्रे सवारी साधनको व्यवस्थापन गर्न नगरपालिकाले धेरै पहलहरु पनि गरेको थियो ।   तर ई–रिक्सा चालकहरुले नगरपालिकाको निर्णय, पहल, व्यवस्थापनका नियमहरु प्रति आपत्ति जनाउदै धेरै अवरोधहरु गर्दै आइरहेकोे प्रमुख प्रशासकिय अधिकृत जनक थापाले बताए ।

images

अटो, टेम्पो र ई–रिक्सा जस्ता तीनपांग्रे सवारीको व्यवस्थापनका लागि जिल्ला प्रशासन कर्यालय, जिल्ला प्रहरी कार्यलय, आवस्यक परेको खण्डमा शसस्त्र प्रहरी कार्यलय र ट्राफिक प्रहरी सहित नगरवासी मिलेर मात्र यस्को व्यवस्थापन गर्न सकिने प्रमुख प्रशासकिय थापाले बताए ।

यसैगरी, तीनपांग्रे सवारीसाधनहरूको व्यवस्थापनका सबै कुराहरुलाई मध्यनजर गर्दै नगरपालिकाले समस्या समाधानका लागि जिल्ला प्रशासन कर्यालय, रुपन्देहीको संयोजनमा कार्यविधि संशोधन गरी दर्ता थप गरी ४७३ वटा ई–रिक्साहरु दर्ता भएको नगरपालिकाले जनाएको छ ।

images

सो नियमन तथा अनुगमनलाई प्रभावकारी रुपमा लैजान छिमेकी पालिकाहरुसँगको समन्वयतात्मक बैठकबाट छिमेकी पालिकाहरुले २०८१ माघ २० सम्म कानुन निर्माण गर्ने र २०८१ फागुन २० भित्र दर्ता प्रक्रिया सम्पन्न गरी २०८१ फागुन २१ बाट नगरिभत्र दर्ता नभएका तीनप ांग्रे सवारीसाधनहरु सिद्धार्थनगरभित्र प्रवेश निषेध गर्ने निर्णय भइ कार्यान्वयनको चरणमा प्रवेश गरेकोले थप सरलता भइ तीनपांग्रे सवारीसाधनहरुको नियमन तथा अनुगमन गरिने नगर प्रमुख खाँले बताए ।

images

यस कदमले सवारी साधनहरूको अव्यवस्थित सञ्चालन कम हुने र दुर्घटनामा पनि कमी आउने प्रमुख प्रशासकिय अधिृकत थापाले विस्वास व्यक्त गरे । निकट भविष्यमा, नगरपालिकाले सवारी व्यवस्थापन प्रणालीलाई अझ सुधार गर्न नयाँ नियम र प्रविधिको प्रयोग गर्ने योजना बनाइरहेको छ । तीनपांग्रे सवारीसाधनहरूको सही व्यवस्थापनले नागरिकहरूको सुरक्षामा ठूलो योगदान पुर्याउन सक्दछ।