एमडी मनोजको ‘अर्घाखाँची ठाउँमा’ गीत सार्वजनिक (भिडियो, लिन्क सहित)

 

-नविन विक, अर्घाखाँची ।

अर्घाखाँची । एम डी मनोज (मनोज विक) को ‘अर्घाखाँची ठाउँमा’ गीत सार्वजनिक भएको छ । अर्घाखाँचीका विभिन्न स्थानहरूमा छायांकन गरिएको एमडी मनोजको पहिलो कोशेलि अर्घाखाँची ठाउँमा गीत सनिवार सार्वजनिक भएको हो ।

रानी म्युजिक शोलुसनबाट सार्वजनिक भएको ‘अर्घाखाँची ठाउँमा’ गीतमा स्वर एमडि मनोज र सबिना पुनको रहेको छ । यस्तै रोष्नी रसाइली, अशोक जिसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

गीतमा अर्घाखाँचीका विभिन्न पर्यटकीय क्षेत्रहरु समावेस गरिएको छ । मालारानी मन्दिर, सुपा देउराली मन्दिर, घेराको लेक, लोहोरी लेक जस्ता पर्यटकीय क्षेत्र देखाइएको छ । गीतले अर्घाखाँचीलाई संसारभर चिनाउन समेत मद्दत पुग्ने एमडी मनोजले बताए ।

लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका मनोज अहिले नेपाल आएको बेला ‘अर्घाखाँची ठाउँमा’ एल्बम निकालेका हुन । गीत संगीतमा रुचि राख्ने मनोजले अर्घाखाँचीका पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार होस् भन्ने हेतुले पनि यो गीत निकालेको बताउन्छन् ।

‘यहाँ घुम्न लायक थुप्रै स्थानहरु छन्, यिनको सोचेजस्तो प्रचारप्रसार हुन सकेको छैन,’ उनले भने ‘यहाँका पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार होस् भन्ने उदेश्यले यो गीत निकालिएको हो ।’

भिडियो लिन्क : https://youtu.be/Jbk2Ka9RBvU