म माथि ठूलो अन्याय भएको छः रवि लामिछाने

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजै गिरफ्तारी दिने भएका छन् । उनलाई गिरफ्तार गर्न प्रहरीकाे टाेली बुढानिलकण्ठस्थित उनकाे निवासमा पुगेकाे छ ।

उनले चितवनको सभा नारोक्न पनि निर्देशन दिएका छन् । साथै उनले आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,

Nepal life insurance

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै  गिरफ्तारी दिदैछु।  साथै  न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि   ठुलो अन्याय भएको छ । 
चितवनको सभा नरोक्नुस्।

उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले सोही प्रकरणमा एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो भने लामिछाने पनि धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेका थिए ।

सोही पुनरावेदनविरुद्ध अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

त्यस्तै अदालतले पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला जिल्ला अदालतको आदेश पनि सदर गरेको छ।

Nepal life insurance