बारको भावी नेतृत्वका लागि पाँच जनाकाे उम्मेदवारी, केही बेर पछि मतदान

 

काठमाडौं, २३ चैत । केही बेरमा नेपाल बार एशोसियनको भावी नेतृत्वका लागि निर्वाचन हुदैँछ । शनिवार बिहान ८ः०० बजे देखी सुरू हुने निर्वाचनका लागि मुख्यतया अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने जनाइएको छ।

Nepal life insurance

नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्।

बारमा अध्यक्षका लागि समूहगत दुई र ३ जना स्वतन्त्र गरी पाँचजनाको उम्मेदवारी परेको छ ।  जसअनुसार वरिष्ठ अधिवक्ता प्रा.डा मिश्र, वरिष्ठ अधिवक्तासहित अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल भावी अध्यक्षका लागि प्रतिस्पर्धामा रहने छन् ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात ९ हजार ९५७ रहेका छन् ।  उनका अनुसार काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका छन् । काठमाडौँ मतदान केन्द्र भने सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।

आज बिहान ८ बजेदेखि सुरू हुने मतदान प्रकिया ४ बजेसम्म जारी रहनेछ ।

images

 

Nepal life insurance

images