वरिष्ठ पत्रकार भैरव रिसालको निधन

 

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए।

Nepal life insurance

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो।

रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।

पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए। रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार पनि भएका थिए।

उनले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए।

लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित उनले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए। जनगणनाका क्रममा हाल भारतीय नियन्त्रणमा रहेको नेपाली भूभाग लिम्पियाधुरा क्षेत्रको समेत गणना गरेका थिए। रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।  -रासस

images

 

Nepal life insurance

images

अन्य समाचारहरु