राणा र राजाहरुले देशको बारेमा होईन, आफ्नो बारेमा मात्रै सोचे : प्रधानमन्त्री

 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  राणा र राजा शासनपछि मात्रै नेपालीले सोच्न थालेको बताएका छन् ।

Nepal life insurance

काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीले राणा र राजाकालमा विचार गर्नै नपाएको भन्दै प्रधानमन्त्री ओलीले संविधान बनाउने संक्रमणकालमा आएको फरकपना नेपालीले विचार गर्न पाएको समयको सामान्य कुरा भएको बताए ।

राणा जस्तै शाहको शासन पनि जहानियाँ र घराना भएको र उनीहरुले देश होइन, आफ्नोबारेमा मात्र सोचेको बताए । राणा र राजाको शासनले नेपाल गरिब भएको उनले बताए ।  ‘त्यस्तो शासनले गर्दा नेपाल गरिब भयो ।’ उनले भने ।

छिमेकसँग, क्षेत्रसँग र विश्वसँगको सम्बन्धबारेमा बोल्दै उनले भने, ‘अहिले आइडोलोजी कम सम्बन्ध धेरै स्थानमा भत्काइएको अवस्था छ ।’

साना देशले अस्तित्व र ठूला देशले लाभ खोज्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालको भूगोल, स्वतन्त्रता र स्वाधिनताको रक्षामा नेपाल अगाडि जाने बताए ।

images

नेपालको राष्ट्रिय हित यही भएको भन्दै उनले भने, ‘विनाएकता हामीले चाहेको उपलब्धि हासिल हुन सक्दैन ।’

images

भूगोल, भावनामा नेपालमा विविधता भएको भन्दै प्रधानमन्त्री ओलीले यो कमजोरी होइन सामथ्र्य हुने बताए । विश्वको भूराजनीतिकमात्र होइन, भौगोलिक रुपमा पनि नेपाल रणनीतिक क्षेत्रमा भएको बताए ।

विश्वको सबैभन्दा ठूलो कुलिङ सेन्टर भएको क्षेत्रमा नेपाल भएको भन्दै उनले नेपालको अन्तर्राष्ट्रिय उत्तरदायित्व भएको बताए ।

images

‘हाम्रो विदेश सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्वपूर्ण पनि छ’, ओलीले भने ।

 

Nepal life insurance