अर्घाखाँची: “भाषाको जननी मानिने संस्कृत भाषाको उदगमस्थलमा पाणिनी सम्मेलन”

“भाषाको जननी मानिने संस्कृत भाषाको उदगमस्थलमा पाणिनी सम्मेलन “

 

“भाषाको जननी मानिने संस्कृत भाषाको उदगमस्थलमा पाणिनी सम्मेलन “

   लेखक : काशीराम घिमिरे

निकै सितलता एकान्त र आनन्दको स्थल हेर्दै रमणिय लाग्ने त्यो स्थल बाहै महिना कुहिरो माथी डाडाको सिर तर सम्मो भुमी त्यति माथी भुमिमा पोखरी केही ऋषिले बनाएका आश्रम घरहरू केही पाटि पौवाहरु वरपर घना जङ्गल सितल हावा केही काफलका बोट र चौतारीका अर्थात चोतारोका बोटहरु ।

सयौ चराचुरुङ्गी हरु त्यो सुन्दर आवाज । दक्षिण हेरौ सुन्दर तराइका फाँट र भारतको गोरकपुर सम्मको दृश्य ।पश्चिम्मा आग्ला पहाड उत्तरमा रेसुङ्गा धौलागिरी अन्नपूर्ण हिमसृङखला पुर्वमा पाल्पाका सुन्दर दृश्यहरु।यो सुन्दर भुमीमा पाइला टेक्दा र त्यहाँको बस्तुस्थिती नियालेर हेर्दा जो सुकैलाइ पनि आनन्दको अनुभुती हुनसक्छ।त्यहाँको मनोरम दृश्य र सुन्दर प्रकृतीले लठ्ठपार्न सक्छ।

Nepal life insurance

यो ठाउँ अर्घाखाँची जिल्लाको पुर्वी भेग पाणिनी गाउँपालिका वडा नं एकमा पर्दछ ।भासाको जननी संस्कृतको ब्याकरणको उदगम स्थल मानिने अत्यन्तै पबित्र ठाउँ मानिने उक्त पाणिनी तपोभुमी दहकालेखमा बसि वैयाकरणी पाणिनी ऋषिले तपस्या गरेका हुन।

images

उनको जन्म इशा पुर्व लगभग ५०० मा पाकिस्तानको लाहुर रावलपिण्डीमा भएको थियो।उनले तक्षशिला बिश्वबिद्धालयमा अध्यन गरेको पाइन्छ।उनी सुरुमा खिदिम आएका थिए र पछि उक्त ठाउँमा बसि तपस्या गरेको पाइन्छ। उनले त्यहाँ बसेर ब्याकरण शास्त्रको रचना गरेका थिए।

जसलाई चार भागमा लेखिएको छ।उनिद्रारा माहेस्वर १४सुत्र हरुको रचना भएको थियो।जसलाई महेश्वर शिवले बरदान गरेका थिए भनिन्छ।उनको पहिलो रचना महेश्वर सुत्र र दोस्रो अण्टाध्यारी जसमा आठ अध्याय र लगभग चार हजार सुत्र छ्न।संस्कृतको ब्याकरण लाई बिस्वको सरल र सजिलो भासको रुपमा लिइन्छ ।

images

यो क्षेत्र विश्व भासा सम्पदाको प्रमुख स्थल मानिन्छ। उनले तपस्या गरेपछि भगवान् शिव खुशी भइ अ इ उ ऋ लु ए ओ आदि चौध शुत्रको स्वर निकालेको पनि धार्मिक बिश्वास पाइन्छ। उनको जन्म इशापुर्व चौथो देखि छैठौं शताब्दीमा सिन्धु नदि छेउ जन्मिएको इतिहास कार बताउछ्न।यो चिनियाँ भिक्षु हुआन साङले पनि पाणिनिको जन्मस्थल सलतुलाका सन्दर्भमा उल्लेख गरेका छ्न।

पाणिनी सम्मेलन : संस्कृतको उद्गमस्थललाई चिनाउन लुम्बिनी सरकारकाे सक्रियता « लुम्बिनी सञ्चार

images

उनले तपस्या गरि निकालेको चौध शुत्राणी भनिएको छ।तिनैको आधारमा लघु मध्य कोमुदिको सिद्धान्त निर्माण गरेको भन्ने सँस्कृती बिध बताउछ्न।उनले लेखेको ब्याकरण अस्टाध्यायी बिस्वको सबैभन्दा पुरानो सर्बोत्कृस्ट कृति हो। यो कृतिले भास बिज्ञानमा धेरै प्रभाव परेको जर्मनीका भासा बिज्ञ फ्रान्ज वपले पत्ता लगाए।

यो पवित्र भुमी संस्कृतको ब्याकरणको उदगम स्थल र विश्व प्रख्यात यो ठाउँ हुँदा यो ठाउँलाई थप परिचित गराउन र देश बिदेशमा चिनारिको लागि र उक्त ठाउँ पर्यटकीय स्थल भएको हुँदा थप पर्यटनको आकर्षक केन्द्र एउटा सुन्दर गन्तव्य अतिनै रमणिय स्थलको रुपमा चिर परिचित गर्न देश तथा बिदेशमा चिनाउनको लागि उक्त ठाउँमा यहीँ चैत्र २७र २८मा पाणिनी सम्मेलन गर्न लागिएको छ ।

तपोभूमिलाई विश्वमा चिनाउन पाणिनी सम्मेलन | अन्नपूर्ण पोस्ट्

Nepal life insurance

उक्त सम्मेलनमा देशको प्रधानमन्त्री लगायत प्रदेशको मुख्यमन्त्री सस्कृती पर्यटन मन्त्री जिल्ला प्रमुख पालिका प्रमुख हरु सुरक्षा निकायका प्रमुख हरु र अन्य विशिष्ट मानुभावको विशिष्ट पाउनाहरुको उपस्थिति हुने र यसको तिब्ररुपमा तयारी अगाडि बढाइएको पाइन्छ।स्वागत सत्कार र खानपिन देखि ब्यबस्थापकिय काममा तिब्रता उत्तिकै देखिन्छ।

यो पाणिनी पहिलो सम्मेलनले पाणिनि तपोभुमिको थप बिकाश गर्ने आशा छ । आशा छ यहाँको बाटोघाटो मौतिक संरचना हरु धार्मिक स्थलको जिर्णोउद्धार हरु धेरै हुनेछ्न ।जुन सम्मेलन ऐतिहासिक पाणिनिको मुहार अबस्य फेरिने छ।देश बिदेश सबै ठाउँमा यसको प्रचार प्रसार अबस्यहुने छ।

जसले गर्दा देशक झण्डै तीन करोड जनसंख्या को पर्यटकिय क्षेत्रको साथै दक्षिण एशिया एसिया युरोप अमेरिका देखि बिस्वको सबै क्षेत्रको पर्यटकिय क्षेत्र बन्न सकोस् पाणिनी ।जसले उक्त क्षेत्रको बिकासमा थप टेवा पुगोस् ।समग्र पाणिनिको मात्रै नभइ देशको प्रयटकिय गन्तव्य बन्न सकोस् पाणिनी ।

सरकारी क्षेत्र बाट पनि सक्दो सहयोग होस र उक्त क्षेत्र विश्व प्रख्यात रुपमा परिचीत भइ त्यहाँको मनोरञ्जन मनोरम दृश्य अवलोकन गर्न सबै पाउन ।त्यहाँ चिसो हावापानीको भरपुर ग्रहण गर्न सबैले सकुन।यो सम्मेलनले त्यहाँको बिकास केही नयाँ आयाम अबस्य दिनेछ। जुन सोचाइ छ योजना छ त्यो अबस्य सफल हुनेछ।

त्यसैले यो सम्मेलन लाई सफल बनाउन सबैले हातेमालो गरौँ !सबै जुटौं, आउ हात समाउ ।जसले बन्नेछ सफल सबल बिकाश पाणिनी ।

जय पाणिनी जय जय पाणिनी
एक पबित्र भुमी जननी ।

   लेखक : काशीराम घिमिरे

 

 

Nepal life insurance