एसियन हाइवे सडक विस्तार व्यक्तिको जग्गामा, वर्षौंदेखि न्याय खोज्दै

 

पथरी- एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानीयमा थप त्रास पैदा भएको छ।

Nepal life insurance

कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा रहेको जिरिखिम्तीस्थित मोरङ्गी खोला र डाँस खोलाबीचमा रहेको करिब एक किलोमिटर सडक निर्माणकै समयमा गलत स्थानमा बनाइँदा अहिलेसम्म स्थानीयले झमेला व्यहोर्दै आएका छन्।

नक्सामा हेर्ने हो भने उक्त सडक हाल सञ्चालनमा रहेको सडकभन्दा करिब २५-३० फुट दक्षिणमा रहेको देखिन्छ। तर, सडक निर्माणकै समयमा एकापट्टी सडक बनाएर अर्कोतर्फ नक्सामा कायम गर्दा वर्षौंसम्म स्थानीयले पीडा भोग्दै आएका छन्।

स्थानीयका अनुसार आफ्नो घर तथा जग्गाको नक्सामा सडक देखाइदिँदा न आफ्ना घर-जग्गा बिक्री भएका छन्, न त बैंकिङ कारोबार नै गर्न पाएका छन्। वर्षौंदेखि भोग्दै आएको सोही समस्याले उक्त सिंगो गाउँ नै विकास निर्माणमा पछि परेको समेत स्थानीय बताउँछन्।

उक्त स्थानमा पेट्रोल पम्प सञ्चालन गर्न केही व्यवसायी आएर जग्गाको कारोबार गर्ने क्रममा समेत सोही जग्गाको समस्याका कारण प्रक्रिया अघि बढ्न नसक्दा पम्प सञ्चालन नै हुन नसकेको उदाहरण समेत रहेको छ।

images

सार्क राष्ट्रलाई जोड्ने नेपाल सरकारकै गौरबको योजनाअन्तर्गत रहेको एसियन हाइवे निर्माणका क्रममा समस्या समाधान हुन नसक्दा उक्त क्षेत्रमा सडक निर्माण प्रक्रिया हाललाई स्थगित गरिएको छ।

images

तर, डाँस खोला र मोरङ्गी खोलामा नयाँ सडक निर्माण अन्तर्गत पुल समेत सम्पन्न हुन लागेको छ, जसले गर्दा स्थानीय थप त्रासमा रहेका छन्। सडक निर्माण आयोजना प्रमुख जगत प्रजापतिसँग यस विषयमा बुझ्दा उक्त समस्या समाधान नभई जिरिखिम्ती क्षेत्रमा सडक विस्तार नगरिने र समस्या समाधानका लागि चरणबद्ध छलफल भइरहेको बताउँछन्।

images

सन् २०२०-२२ तिर निर्माण भएको उक्त सडक निर्माणका क्रममा भएको लापरबाहीले हालसम्म आफूहरू समस्या भोगिरहनु परेको स्थानीय पीडित मदन पोखरेल बताउँछन्।

हाल उक्त क्षेत्रमा दर्जनौं घर परिवारले सोही समस्या भोग्दै आइरहेका छन्। वर्षौंदेखि आफूहरूले मालपोत तिर्दै आएको जग्गाको समस्या समाधान राज्य पक्षबाट नहुँदा आजित भएको पोख्रेल बताउँछन्।

 

Nepal life insurance

Nepal life insurance