हिटलरवाट प्रभावित भएर ट्रम्पलाई मार्ने योजना बनाउने अमेरिकन युवक पक्राउ

 

वासिगटन डिसी, १ बैशाख । अमेरिकाको विस्कन्सिन राज्यका संघीय अधिकारीहरूले भर्खरै एक १७ वर्षीय युवकलाई आफ्ना आमाबुवाको हत्या गरेको आरोपमा पक्राउ गरेका छन्।

Nepal life insurance

युवाले आर्थिक रुपमा आत्मनिर्भर हुन यो कदम चालेको दावी गरेका छन । मिडिया रिपोर्टका अनुसार अधिकारीहरूले अदालतलाई भनेका छन् कि निकिता कासप नामका यी युवा, खासमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न चाहन्छन् र यसका लागि उनलाई पैसा र स्रोत चाहिने थियो ।

अन्वेषकहरूले उनीबाट केही लिखित कागजातहरू र पाठ सन्देशहरू फेला पारेका छन्, जसमा राष्ट्रपतिको हत्या र ट्रम्प सरकारलाई उखेल्नु पर्ने भन्दै अपील गरिएको भेटिएको छ।

वाउकेशा काउन्टी अदालतका अनुसार क्यासपले २ हत्या र शव लुकाउने गरी २ वटा मुद्दासहित ९ आरोपहरूको सामना गरिरहेका छन । जसमा राष्ट्रपति ट्रम्पको हत्याको षड्यन्त्र, राष्ट्र बिरूद्दको षड्यन्त्र र सामूहिक विनाशकारी हतियार प्रयोग गरी तीनवटा मुद्दा पनि सामेल छन् । अहिलेसम्म कासपका वकिलले भने यस विषयमा मिडियासँग बोलेका छैनन् ।

ट्रम्पको हत्यासँग सम्बन्धित चिठी र तस्बिर भेटिए पछि प्रहरी तरंगित भएको थियो । खासमाअभियुक्तकी आमा तातियाना क्यास्प र उनका सौतेनी बुवा डोनाल्ड मेयर आफ्नो घरभित्र बन्दुकको गोली लागेको अवस्थामा मृत फेला परेका थिए। अधिकारीहरूले उनको फेब्रुअरी ११ मा नै हत्या भएको अनुमान गरेका छन्। प्रहरीले यसअघि पनि कासापलाई आफ्नो सौतेनी बाबुको एसयूभी चोरेको र बन्दुकसहित पक्राउ गरेको थियो ।

images

अहिले क्यासपको फोनमा एडोल्फ हिटलरको नाजी विचारबाट प्रेरित चरमपन्थी विचारधाराहरूको नेटवर्क ‘द अर्डर अफ नाइन एङ्गल्स’ सँग जोडिएको सामग्री फेला पारेका छन । अनुसन्धानकर्ताहरुका अनुसार उनीसँग राष्ट्रपतिको हत्या, बम बनाउने र आतंकवादी हमलासँग सम्बन्धित चिठी र केही तस्बिर पनि भेटिएको छ ।

images

खासमा उनी अमेरिकन गोराहरूलाई बचाउन खोजिरहेको जिकिर देखिन्छ । एफबीआईले प्राप्त गरेको तीन पृष्ठको कागजातले अमेरिकामा राजनीतिक क्रान्ति ल्याउन र ‘गोरा मानिसहरूलाई बचाउन’ ट्रम्पको हत्या जरूरी रहेको निष्कर्ष उनको थियो । दस्तावेजमा हिटलरको तस्बिरसँगै लेखिएको थियो, जय हिटलर, जय गोरा जाती ।’

images

एफबीआईले उनको फोनबाट एउटा तस्बिर र केही सन्देशहरू पनि फेला पारेको थियो, जसमा आक्रमण गर्न ड्रोन कसरी प्रयोग गरिन्छ भन्ने जानकारी लिइएको थियो। अभियुक्तको मोबाइलबाट उनको सौतेनी बुबाको क्रेडिट र डेबिट कार्ड र बैंक खाताको प्रयोगकर्ता नाम र पासवर्डको फोटो पनि फेला परेको थियो ।

अमेरिकी सरकारलाई ध्वस्त पार्ने योजनामा लाग्दा लाग्दै उनी पक्राउ परेका थिए । गत महिना निकिता कासपका सहपाठीले शेरिफको कार्यालयमा आरोपितले आफ्ना आमाबुबालाई मार्ने योजना बनाएको बताएका थिए तर उनीसँग त्यो बेला बन्दुक भने थिएन। क्यासपले आफ्नो सहपाठीलाई बन्दुक घरमा भएको मिलेर चोर्ने योजना बनाएको अहिले खुलाएका छन ।

उनले आफू रुसका कसैसँग सम्पर्कमा रहेको र उनीहरूले अमेरिकी सरकारलाई अपदस्थ गर्ने र ट्रम्पको हत्या गर्ने योजना बनाएको पनि बताएको उल्लेख गरेका छन।

 

Nepal life insurance

Nepal life insurance