‘पर्यटन साहित्य महोत्सव २०८१’ सम्पन्न

 

काठमाडौं, १ बैशाख । नयाँ वर्षको पूर्व सन्ध्यामा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सारांश मिडिया ल्याब प्रालिको आयोजनामा ‘पर्यटन साहित्य महोत्सव २०८१’ सम्पन्न भएको छ ।

Nepal life insurance

आन्तरिकसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले युवाको सक्रियताले पर्यटकीयस्थललाई प्रवर्धन गर्न सकिने बताए  ।

‘लोकप्रिय बनिरहेको ट्रेकिङका लागि अहिले काठमाडौँ उपत्यकाका सबै तीर अन्तर्राष्ट्रियस्तरका पदमार्ग छन्, हामीले घुमघाम गर्ने शैलीलाई बढाउनु पर्छ । आफ्नो आन्तरिक पर्यटकीयस्थललाई सामाजिक सञ्जालमार्फत प्रवद्र्धन गर्नु पर्छ । त्यसले हामीलाई नयाँ गन्तव्यका बारेमा जानकारी दिन्छ,’ पूर्वमन्त्री साउदले भने ।

उनले विशेषत सामाजिक सञ्जालमा सक्रिय रहेका  ‘कन्टेन्ट क्रिएटर’ लाई पर्यटकीय सम्भावना भएका स्थलका विषयमा सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गर्न आग्रह गरे ।

महोत्सवका अध्यक्ष क्षितिज दाहालले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाललाई चिनाउने उदेश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले भने,ुनेपालको सकारात्मक संदेश विश्व माँझ पु¥याउन सकिन्छ भन्ने आशय राखेर यो महोत्सवको आयोजना गरिएको हो । हामी हाम्रो  ‘कन्टेन्ट क्रिएटर’ मार्फत पर्यटनको नयाँ गन्तव्यको बारेमा जानकारी दिनेछौँ ।’

images

आयोजित महोत्सवमा इष्टु कार्की, पवन खतिवडा, सिडी विजय अधिकारी, सुजीता श्रेष्ठ, सिता न्यौपाने, नम्रता सापकोटा, हिमेश पन्त लगायतका ‘कन्टेन्ट क्रिएटर’ सँगै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा सहभागी थिए । मधेश प्रदेशको समेत प्रतिनिधित्व गर्दै ‘कन्टेन्ट क्रिएटर’ इष्टु कार्कीले नेपाल घुमघामका क्रममा विभिन्न स्थानको प्रवर्धन गरिरहेको बताइन ।

images

 

Nepal life insurance

images