‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’

 

काठमाडौं, १ बैशाख । नेकपा एमाले पुर्व राजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते भएकाे राजावादी प्रदर्शनमा भएकाे हिंसामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी नलिएकाे जनाएकाे छ।

Nepal life insurance

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उत्तिकै आक्रामक देखिएको एमालेले उनैले ताेकेकाे कमाण्डरका कारण साे अप्रिय घटना भएकाे भन्दै जिम्मेवारी लिनु पर्नेसमेत जिकिर गरेका छन ।

भर्खरै सम्पन्न सचिवालयको बैठकमा पुर्व राजा शाहले ‘नेपाली जनतामाजागरण आएको’ भन्ने सन्देश प्रति असहमति जनाउँदै नेता प्रदिप ज्ञवालीले भने, ‘उनैले ताेकिएकाे कमाण्डरकाे नेतृत्वमा तीनकुनेमा अप्रिय घटना घटयाे, त्यसमा १५ दिनपछि दुःख ब्यक्त गरे तर जिम्मेवारी भने लिएनन ।’

उनले चयन गरेका कमाण्डरहरू ठिक नभएकाे पनि ज्ञवालीकाे टिप्पणी रहेकाे छ। ‘उहाँ (शाह)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नु भयो, के सरकारी कार्यालय माथी भएको आक्रामणलाइ जागरण भन्न मिल्छ ? कुनै पनि अर्थमा  अब लोकतान्त्रिक गणतन्त्रको बिकल्प स्विकार्य हुन सक्दैन, यो गति अघि बढी सक्यो,’  ज्ञवालीले भने ।

 

images

Nepal life insurance

 

images