गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने ओली, देउवा र प्रचण्डबीच सहमति

 

काठमाडौं । विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न प्रमुख  तीन दलका शीर्ष नेताहरूबीच सहमति भएको छ ।

Nepal life insurance

शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडबीच भएको बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएका हो ।

छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुु¥याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्रध पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा तीन नेताको समान मत रहेको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बोधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।

 

Nepal life insurance