अर्घाखाँची : जनता आधारभुत विद्यालयमा पुर्षोतम पवित्रा अक्षयकोष स्थापना (तस्बिर सहित )

 

-गोपाल प्रसाद भट्टराई,

बैशाख–१४,अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्कमा एक परिवारले स्वर्गीय बुवा÷आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

May be an image of 3 people, people smiling, hospital and text

सन्धिखर्क– ८, किमडाँडा घर भई हाल बुटवल बस्ने नवराज बन्जाडे र उहाँको परिवारले जनता आधारभुत विद्यालयको नाममा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

May be an image of 5 people and daisNepal life insurance

आमा पवित्राको ४५ दिनको पूण्य तिथिमा बिहिबार उहाँहरूले स्थानिय जनता आधारभुत विद्यालय सन्धिखर्क–८, नेपालीचौलाई ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

May be an image of 6 people

बुवा पुर्षोतम र आमा पवित्राको नामबाट स्थापित पुर्षोतम÷पवित्रा अक्षयकोषको लागि बनाइएको चेक जनता आधारभुत विद्यालयका पूर्व विद्यार्थि समेत रहनुभएका नवराज बन्जाडेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पोख्रेल र प्रधानाध्यापक गिता बन्जाडेलाई हस्तान्तरण गर्नुभएको हो ।

May be an image of 4 people

अक्षयकोषको ब्याजले विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई वार्षिक रुपमा पुर्षोतम÷पवित्रा प्रतिभा पुरस्कारले सम्मान गरिने विद्यालयले जनाएको छ । विद्यालयका प्रतिभाशाली र जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि स्थापना गरिएको अक्षयकोषलाई सोहि अनुसार उपयोग गर्नेमा आफु विस्वस्त रहेको अक्षयकोषदाता नवराज बन्जाडेको भनाई छ ।

May be an image of 5 people and dais

अक्षयकोष स्थापना कार्यक्रममा सन्धिखर्क–२ का वडाध्यक्ष तथा नगरप्रवक्ता मोतिजङ्ग रायमाझी, सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडे र वि.व्य.स.अध्यक्ष शिव प्रसाद पोख्रेलले बुवा÷आमाको सम्मानमा त्योपनि शिक्षाको क्षेत्रमा लगानी गरेर उत्कृष्ट सामाजिक कार्य गरेको भन्दै अक्षयकोषदाता नवराज बन्जाडे र परिवारको प्रशंसा गर्नुभएको छ ।

May be an image of 4 people and temple

सामुदायिक स्कुलको क्षेत्रमा जनता आधारभुत विद्यालयले गरेको प्रगतिको सिको सबैले अनुशरण गर्नेखालको रहेको भन्दै वडाध्यक्ष द्धोय रायमाझी र बन्जाडेले स्कुलको टिमलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

May be an image of 2 people, people studying and temple

निःशुल्क गुणस्तरिय शिक्षा घर अगाडि हुँदा–हुँदै शहरमा पैसा खर्च नगर्न अभिभावकलाई आग्रह गर्दै उहाँहरुले विद्यार्थिको आकर्षण बढाएर शैक्षिक कार्यक्रम संचालन गर्ने स्कुललाई सहयोग गर्ने वचन समेत दिनुभएको छ ।

May be an image of 3 people, people studying and temple

कार्यक्रम वि.व्य.स.अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता, प्रधानाध्यापक गिता बन्जाडेको स्वागत मन्तव्य र शिक्षक शालिकबाबु पोख्रेलको संचालनमा सम्पन्न भएको हो । पुर्षोतम÷पवित्रा अक्षयकोष संगै जनता आधारभुत विद्यालयमा अक्षयकोषको संख्या ४ पुगेको छ ।

 

Nepal life insurance

 

अन्य समाचारहरु