कुर्सी र सत्ताको लागि मात्र सार्वभौमिकता लेनदेन भइरहेको छः विप्लव

 

काठमाडौँ, वैशाख १४ः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेताहरुले गरेको त्रुटीको मूल्य नागरिकले चुकाउनुपर्ने विडम्बना बनिरहेको बताएका छन्।

आइतबार ललितपुरको कुपण्डोलमा आयोजित सम्प्रभुता सम्बन्धी छलफलमा बोल्दै उनले एमसीसी सम्झौता कुर्सी र सत्ताको लागि मात्र भइरहेको भन्दै कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको आरोप लगाए।

Nepal life insurance

उनले भने,‘आज पनि के देख्छौं भने एमसीसी सम्झौता पनि मात्र कुर्सी र सत्ताको लागि मात्र भइरहेको छ। कुर्सीसँग सार्वभौमिकता लेनदेन गर्दा सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्मपनि त्यही देखिएको छ। नेताहरुले गरेको त्रुटीको मूल्य चाँही नागरिकले चुकाउनुपर्ने आजसम्मको विडम्बना हो।’

त्यस्तै उनले नेपालको सार्वभौमिकता कस्तो छ भन्ने कुरा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट प्रस्ट भएको बताए।

उनले भने,‘हाम्रो स्वाधीनता कस्तो छ भन्ने कुरा शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट छर्लङ्ग भएको छ। केही समय पहिले केपी ओली थाइल्यान्ड नै जानुभएको थियो। नेपालीहरु त्यो त्यही थाइल्यान्ड पर्खेर बसेको थिए। बाबुराम भट्टराईजी अहिले भारत जानुभएको छ। त्यही कुरेर बसेको होलान्। अहिलेको अवस्था थाइल्यान्ड कुरेर बसिराख्नु परेको छ। नेपालका शासक, राजनीतिज्ञ, बुद्दिजीवि र पत्रकारको मनस्थिति कस्तो छ, देउवाको भ्रमणबाट एउटा सानो आँखीझ्याल जस्तो देखिन्छ। यसबाट सिंगो इतिहासलाई बुझ्न सकिन्छ।’

उनले अहिले राजनीतिमा केपी सरकार ढल्छ कि ढल्दैन भन्नेमा गलत बहस भइरहेको बताए।  -KP

 

Nepal life insurance