प्रतिनिधिसभा बैठक बस्दै, नवनियुक्त शिक्षा मन्त्रीले नयाँ बिधेयक पारित गराउने

 

काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

Nepal life insurance

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशाषन (ब्यावस्थापन र सञ्चालन ) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको बार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७९८०, २०८०८१ पेश गर्नेछ्न्।

उता, संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उडडयन प्राधिकरण, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

images

साथै, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिधालय बिधेयक, २०८० माथी छलफल गरियोस र सो बिधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

images

Nepal life insurance

images