सीआईबीद्वारा झण्डै १८ अर्ब रुपैयाँको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।

Nepal life insurance

सीआईबीले सोमबार विज्ञप्ति निकालेर  ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ कारोबारीलाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा मोरङका वीरेन्द्रप्रसाद साह र दिपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका नीरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह र अरुण कुमार, पर्साका प्रदीपकुमार साह र धनुषाका संजीवकुमार महतो छन् ।

यस्तै, नवलपरासीका राजकमल लोनिया, भीमकुमारी गुरुङ, सप्तरीका रामविलास साह तेली र ममताकुमारी साह, पर्साका बिकर्ण जंग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगंजका सलमा खातुन, सप्तरीका शुसिलाकुमारी काहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरकिा शम्भु मेहता पनि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

विदेशबाट रेमिट्यान्सबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक रेमिट्यान्सको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले यस्तो अवैध कारोबार गरेको सीआईबीले जनाएको छ ।

images

यसरी प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नको लागि ‘मनी म्युल’हरूलाई परिचालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

images

उनीहरूले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशनविपरीतको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

 

images

Nepal life insurance