स्पर्म रेश गराउने झु भन्छन, ‘भविश्यमा कसैले पनि बच्चा नजन्माउन सक्छन्’

 

काठमाडौं, १५ बैशाख । एउटा अचम्मको घटना अमेरिकामा भएको छ र विश्वमै यस्तो पहिलो घटना भएको हो । खासमा पुरूषको शुक्राणुको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै यहाँ  ‘स्पर्म रेस’ आयोजना गरिएको थियो । यो अनौठो कार्यक्रमका आयोजक १७ वर्षीय एरिक झु हुन्।

Nepal life insurance

एरिक झुले भने कि उनले सोसल मिडिया पोष्टबाट प्रेरित भएर यो आइडिया पाएका थिए, जसमा पुरुषमा वीर्यको औसत संख्या विगत ५० वर्षमा ५० प्रतिशतले घटेको दाबी गरिएको थियो।

यो चिन्ताजनक तथ्यलाई प्रकाश पार्दै झुले भने, ‘भविष्यमा यस्तो अवस्था पनि आउन सक्छ कि जब कसैले बच्चा जन्माउन सक्दैन्।’ उनका अनुसार यो ‘स्पर्म रेस’ आयोजना गर्नुको उद्देश्य यो गम्भीर विषयमा ध्यानाकर्षण गराउनु मात्रै नभएर प्रजनन क्षमता र पुरुषको स्वास्थ्यका बारेमा जनतालाई चिन्तन गराउनु पनि थियो ।

यस दौडको ढाँचा र यसमा सहभागी हुनेहरूबारे विस्तृत जानकारी नआए पनि यो घटनाले वैज्ञानिक र सामाजिक क्षेत्रमा नयाँ बहस अवश्य नै जन्माएको छ ।
यो अनौठो प्रयासले शुक्रकीटको संख्या घट्ने बारे मानिसहरूको चेतना कसरी बढाउँछ र भविष्यमा यस समस्यासँग जुध्न के कस्ता कदमहरू चाल्नु पर्छ भन्ने कुरा चाखलाग्दो हुनेछ।

 

Nepal life insurance