श्रमिक आयोग गठनको मागमा श्रममन्त्री भण्डारी सकारात्मक

 Nepal Life

 

काठमाडौं, १६ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन ।

Nepal life insurance

सोमवार काठमाडौंमा अखिल नेपाल ट्रेड यूनियनद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । उनले कुनै पनि ऐन कानुन सेवा प्रदान गर्ने हेतु सहुलियत र सहजताका लागि भएको हुनाका साथै समय सापेक्ष र आवश्यकताका आधार ऐन र कानुनहरु परिवर्तन हुनुपर्ने बताएका छन् ।

अहिले श्रम ऐन संशोधन प्रकृयामा अगाडि बढेको जिकिर गर्दै सरोकारवालाहरुको सहमतिमा बनाएका ऐन र कानूनहरु सबै पक्ष मिलेर अनिवार्य लागु गर्नु पर्नेमा उनले जोड दिए ।

मन्त्री भण्डारीले सबै सरोकारवालाको सहकार्य र सहमतिमा बनाइएको ऐन लागु गर्ने दायित्व पनि सबैको भएको बताए । उनले वर्तमान श्रम ऐनमा के के कुराहरु व्यवहारिक छैन त्यसका बारेमा गम्भीर छलफल गरी सुझाव दिन पनि आग्रह गरे ।

सरकार ऐन कानुन लागु गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि ट्रेड यूनियनहरु पनि एक ढिक्का भएर अगाडि बढनु पर्नेमा मन्त्री भण्डारीले जोड दिए ।
उनले भने, ‘सरकार ऐन कानुन लागु गर्न तयार छ, ट्रेड यूनियनहरु पनि त्यसका लागि तयार हुनुपर्छ।’

images

ट्रेड यूनियनद्धारा श्रमिक आयोग गठनको माग अगाडि सारिएको माग जायज रहेको जिकिर गर्दै त्यसका लागि आवश्यक पहल लिन समेत सुझाएका छन् । यसका लागि सबै ट्रेड यूनियनमा आवद्ध संघ संस्थाहरु एक ढिक्का भएर अगाडि बढनु पर्ने बताए ।

images

एक अर्को प्रसंगमा मन्त्री भण्डारीले कुनै पनि नेपाली कामदार देश बाहिर कँही कतै दुःख पाए त्यसका लागि सरकार जिम्मेवार हुनु पर्ने बताए । उनले भने, ‘कुनै पनि नेपाली महिला वा पुरुष श्रमिक देश बाहिर श्रम स्विकृती बिना काम गर्ने वातावरणको अन्तय हुनु पर्छ, तिनीहरुलाई श्रम स्वीकृति लिने वातावरण बताउन सबै मिलेर काम गर्नुपर्छ ।’

 

images

Nepal life insurance