आन्दोलन बलियो बनाउन शिक्षक महासंघको अपिल

 Nepal Life

 

काठमाडौं । सरकारसँग वार्ता भैरहेपनि नेपाल शिक्षक महासङ्घका मग पुरा हुनेमा विश्वस्त देखिएको छैन ।

Nepal life insurance

गएराति शिक्षामन्त्रीसँगको वार्तापछि मंगलवार विहान सामाजिक सञ्जाल मार्फत् अध्यक्ष लक्ष्मी किशोर सुवेदीले यस्तो सन्देश दिएका छन् ।

उनले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् । गएराति सरकारसँग भएको वार्तामा कुनै सहमति नजुटेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

’हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक  ११ः०० बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईदैन । त्यसैले आन्दोलन  बलियो गराऔँ’ उनले भनेका छन् ।

गएराति  शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चले पनि कुनै निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ ।

‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन । हामी भर्खरै  मन्त्रालयबाट बाहिर  आयौ । हाम्रो आन्दोलन जारी छ ।’ उनले गएराति लेखेका छन् ।

Nepal life insurance