अवहेलनाको मुद्दामा सर्वोच्चले माग्यो गगनसँग लिखित जवाफ

 Nepal Life

 

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी  लिखित जवाफ मागेको छ ।
विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित परेको रिटमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लिखित जवाफ मागेको हो ।

Nepal life insurance

केही दिनअघि एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।
सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको छ ।  अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मुद्दा दायर गरेका थिए।

गगनलाई विचाराधीन मुद्दामा बोलेको भनेर जवाफ मागिएको मुद्दा अदालतमा ४ वर्षदेखि छ । चार वर्षसम्म मुद्दाको छिनोफानो भएको छैन् ।

 

Nepal life insurance