



काठमाडौं, १९ बैशाख । भारतको उडिसको केआईआईटी कलेजमा अर्को पनि नेपाली छात्राले आत्महत्या गरे पछि परराष्ट्र मन्त्रालयले पहलकदमी सुरू गरेको छ ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटना पछि मन्त्रालयले पहल सुरू गरेको हो ।

परराष्ट मन्त्री आरजु राणाले सो घटनाका बारेमा बिस्तृत बुझ्ने काम भइरहेको पनि जनाएको छिन् । ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ,’ परराष्ट्र मन्त्री राणाले भनिन् ।
उनले सो घटनामा ज्यान गुमाउने मृतक प्रिसा प्रति श्रद्दाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छिन् ।


उता, भारतको उडिसा राज्यले पनि सो घटना बारेमा छानबिन गर्ने जनाएको छ।भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली छात्रा मृत भेटिएको घटनामा दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएको हो ।

बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटनाको जाँच गर्न पनि उडिसा सरकारले सो आदेश दिएको हो ।
बिहीबार राति मृत भेटिएकी साहको घटनाको प्रहरीले घटनाको अनुसन्धान सुरू गरिसकेको उडिसा सरकारले जनाएको छ।



