



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान ओली सरकारले सुशासन दिनै नसकेको टिप्पणी गरेका छन ।

प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका हुन् । गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने तर अहिले गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम गरेको उनले आरोप लगाए।


दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको पनि उनले बताए । उनले पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको अभ्यास दुई ठूला पार्टी मिलेको बताए।

‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन। एमालेका अध्यक्ष ओलीजीले लिनुभएको छ। सात बुँदे सहमति भनेको छ। संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ। सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ।’ उनले भने । यो सरकारले सुशासन दिँदै नसकेको आरोप लगाए।



