पालिकास्तरीय प्रथम स्वार्गीय प्रकाश स्मृतिकप भलिबल प्रतियोतिको उपाधि शितगंगालाई (तस्बिर सहित )

 Nepal Life

-रुद्रमणि भुसाल

बैशाख २० अर्घाखाँची ।

अर्घाखाँची । अर्घाखाँची माभएको पालिकास्तरीय प्रथम स्वागीय प्रकाश स्मृतिकप भलिबलप्रतियोतिको उपाधि सितगंगा नगरपालिकाले जितेको छ ।

Nepal life insurance

आज सन्धिखर्कमा सम्पन्न भएको फाइनल खेलमा पाणिनी गाउँपालिकालाई हराउँदै सितगंगा नगरपालिकाले उपाधि जितेको हो । पाणिनी गाउँपालिका उपबिजेता बनेको छ । आज नै सन्धिखर्क नगरपालिका र छत्रदेब गाउँपालिाबिच भएको खेलमा सन्धिखर्कलाइ हराउदै छत्रदेब गाउँपालिका तेस्रो बनेको छ ।

प्रतियोगिताको विजेतालाई एककार्यक्रकाबिच नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले नगद ५० हजार उपविजेतालाई ३० हजार, तेस्रो स्थानप्राप्त गरेको टिमलाई २० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो ।

भलिबल प्रतियोगिता बैशाख १८ गतेदेखि सुरुभएको थियो । प्रतियोगितामा जिल्लाका ६ ओटै स्थानियतहको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिबनारायण कोइराला , सितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेल , पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपाने ,मालारानीका गाउँपालिका अध्यक्ष दल बहादुर भटराई , प्रहरी प्रमुख चक्र बहादुर मल्ल लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिता मञ्जरी युवा क्लब र खेलकुद महासंको सयुतm आयोजनामा भएको प्रतियोगिताको हेनरी बस्नेतको अध्यक्षता र रञ्जित परियारको संचालनमा सम्पन्न भएको हो ।

 

Nepal life insurance