उत्पादन र रोजगारी बृद्दी हुने गरी बजेट ल्याउन एमालेको सुझाव

Nepal Life

 

काठमाडौं, २१ बैशाख । नेकपा एमालेले आगामी बजेटमा उत्पादन र उत्पादकत्वमा जोड गर्न माग गरेको छ ।

Nepal life insurance

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित बसेको एमाले सचिवालय बैठकले उत्पादन, उत्पादकत्व र रोजगारीमा बृद्दी हुने गरी बजेट ल्याउन माग गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकमा मुख्यतयाः सरकारले हालै संसदमा पेस गरिसकेको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र आगामी बजेटबारे केन्द्रित रहेर छलफल गरेको थियो ।

तराइ मधेस, पुष्पलाल मध्य पहाडी, मदन भण्डारी मार्ग, हुलाकी राजमार्गका समानान्तर पकेट क्षेत्र निर्माण गर्नु पर्ने, जिएनजी पुस्तालाई केन्द्रमा राखेर सूचना प्रविधिको विकासमा जोड दिनु पर्ने, ठेक्कामा लागेका आयोजनाहरू तिब्र रूपमा विकास गर्नु पर्ने, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत कतिपय योजनामा दाताहरूले हात झिके पनि त्यसमा बजेट निकासा गर्नु पर्ने लगायतका सुझाव प्रधानमन्त्री ओलीलाइ दिइएको उनले जानकारी दिए ।

 

images

Nepal life insurance

 

images