मकवानपुर : गैरीगाउँमा गाडी नै “गायब” भएको पाँचौ दिन उक्त क्षेत्रको भुगोल अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली

Nepal Life

 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सीमानामा पर्ने गैरीगाउँमा जमिन दबिएर गाडी नै गायब भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ। जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो ।

Nepal life insurance

भूगर्भविद अधिकारीका अनुसार घटना स्थलको भू–बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन केन्द्रित हुनेछ ।

घटनास्थलको माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने अधिकारीले जानकारी दिए । प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्र र अन्य पदार्थको अवस्था सम्बन्धी अध्ययन गरिने छ। शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको गाडी धनी हरिराम राईले जानकारी दिएका छन् ।

सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन। गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ । गाडी हराएको दुई दिनपछि बल्ल हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बसेर भूगर्भविदको सहयोग लिने निर्णय भएको थियो । सोही अनुसार भूगर्भविदको टोली हेटौंडा पुगेर अध्ययन थालेको छ । – एनपी

 

Nepal life insurance