डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन

Nepal Life

 

काठमाडौं, २३ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरुलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् ।

Nepal life insurance

नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार गरी नागरिकलाई सेवा दिनु पर्ने गरी मन्त्रालयले कार्ययोजना तय गरेको भए पनि मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको स्तरोन्नती गर्नमा भएको ढिलाई र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतिहरुलाई विश्लेषण गर्दा यो निर्देशन अर्थपूर्ण रहेको छ।

सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास र विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन के कसरी सकिन्छ भन्ने विषयमा आयोजना भएको छलफलमा मन्त्री भण्डारीले संसार भरी नै सूचना प्रविधिको प्रयोग गरी श्रम बजार व्यवस्थापन हुने गरेको र मन्त्रालयले समेत श्रम बजार सूचना प्रणालीको निर्माण कार्यहरुमा ढिलाइ गर्न नगर्न निर्देशन दिएका हुन।

अन्तर्राष्ट्रिय श्रमिक दिवस देखि सञ्चालनमा आएको श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सीप विकास, श्रम तथा रोजगार सम्बद्ध सेवा लगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाहरुको विवरण समेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्ने यथासिघ्र कार्य अघि बढाउन मन्त्री भण्डारीले निर्देशन दिएका हुन। मन्त्री भण्डारीले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकल पर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिएका छन्।

आफू वैदेशिक रोजगारीका लागि गाउँ गाउँमा फैलिएका विचौलिया नियन्त्रण गर्न समेत रोजगार सेवा केन्द्रको भूमिका रहेको अवस्थामा हाल कार्यरत जनशक्तिहरुको निरन्तरताका लागि चिन्तित भएको विषय उल्लेख गर्दै मन्त्री भण्डारीले आगामी वर्ष देखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा राष्ट्रिय व्यावसायीक सीप प्रतिष्ठान लगायत सम्पूर्ण श्रम तथा सेवाहरु रोजगार सेवा केन्द्र मार्फत सेवा प्रवाह हुने जानकारी दिए।

images

छलफल कार्क्रमममा मन्त्रालय तथा मातहतका कर्मचारी, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अली, श्रममन्त्रीको विज्ञ सल्लाहकार युवराज वस्नेत, स्वीस कन्टयाक्टका निर्देशक, विश्व बैंक, सामी र रेमी आयोजनाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

images

 

 

images

Nepal life insurance