नेपाली समाज भारतको प्रेस बिज्ञप्ती: प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन अनुरोध ।

Nepal Life

 

प्रेस विज्ञप्ति।

विषय: प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन अनुरोध ,

भारत र पाकिस्तानबीच चर्किंदो सम्बन्ध तथा सम्भावित तनावपूर्ण परिस्थितिको पृष्ठभूमिमा, नेपाली समाज भारत, केन्द्रीय समिति सम्पूर्ण भारतभर रहेका तथा विशेषगरी सीमावर्ती क्षेत्रहरूमा बसोबास वा भ्रमणमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निम्न सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछ।

१. सरकारी सूचना पालन गर्नुहोस्:
भारत सरकार , नेपाल सरकार तथा नेपाली दूतावास नया दिल्लीबाट जारी हुने आधिकारिक सूचना तथा निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्:
भारत–पाकिस्तान सीमावर्ती क्षेत्रहरूतर्फ अनावश्यक यात्रा नगर्नुहोस्।
३. संवेदनशील विषयमा टिप्पणी नगर्नुहोस्:
युद्ध, धर्म लगायतका विषयमा सामाजिक सञ्जाल वा सार्वजनिक स्थानहरूमा कुनै पनि किसिमको टिप्पणी गर्दा अत्यधिक सावधानी अपनाउनुहोस्। यसले व्यक्तिगत वा सामुदायिक सुरक्षामा प्रतिकूल असर पार्न सक्छ।
४. परिवारसँग सम्पर्कमा रहनुहोस्:
आफ्ना परिवार तथा आफन्तहरूसँग नियमित सम्पर्कमा रही आफू सुरक्षित रहेको जानकारी गराइरहनुहोस्।
५. यहाँ सम्पर्कमा रहनुहोस्:
कुनै आपतकालीन अवस्था उत्पन्न भएमा नेपाली राजदूतावास न्यू दिल्ली,नेपाली समाज भारत केन्द्रीय कार्यालय ,राज्य कार्यालय,नेपाली समाज भारतको प्रतिनिधिसँग तुरुन्त सम्पर्क गर्नुहोस्।
६.नेपाली समाज भारत एक गैर-राजनीतिक सामाजिक संस्था हो, जो भारतभरि रहेका प्रवासी नेपालीहरूको हक, हित, सम्मान र पहिचानको संरक्षणमा समर्पित छ।नेपालीहरूको एकता, आत्मीयता र सहकार्यलाई बलियो बनाउँदै, यो संस्था प्रवासी नेपाली समुदायको साझा अभिभावकको भूमिकामा सक्रिय छ।हामी सबै प्रवासी नेपालीहरूलाई नेपाली समाज भारतसँग जोडिन र सम्पर्कमा रहन हार्दिक अनुरोध गर्दछौं।

हामी एक भएर मात्रै बलिया, सुरक्षित र सम्मानित बन्न सक्छौं
नेपाली समाज भारत सम्पूर्ण प्रवासी नेपाली समुदायलाई संयम, जिम्मेवारी र अनुशासनका साथ वर्तमान परिस्थितिमा व्यवहार गर्न अपील गर्दछ। हामी सबै मिलेर शान्ति, सुरक्षा र सहकार्य कायम राख्न प्रतिबद्ध बनौँ।

सतर्क रहौं, सुरक्षित रहौं।

 

Nepal life insurance