भारत र पाकिस्तानलाई शान्ति कायम राख्न जी-७ देशको आग्रह

Nepal Life

 

काठमाडौं । विश्वका सात देशहरूको समूह जी–७ ले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । पाकिस्तानले औपचारिक रुपमा भारत विरुद्ध प्रतिकार गर्ने घोषणा गरेपछि जी  ७ को अपिल अपिल आएको हो ।

Nepal life insurance

जी–७ मा रहेका क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका छन् । दुई देशबीच तनाव बढिरहेका बेला जी–७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम अपिल गरेका हुन् ।

क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

जी–७ देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन पनि आग्रह गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, “दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढुन् ।” -SP

 

Nepal life insurance