के टर्कीमा होला त रूस र युक्रेन बिच बार्ता ? यस्तो छ अवस्था

Nepal Life

 

इस्तानबुल, २९ बैशाख । रूस र युक्रेनबीच युद्धविराम वार्ताको आयोजना गर्न टर्की तयार भएको छ ।

Nepal life insurance

रूसी राष्ट्रपति भ्लादिमर पुटिनले १५ मेसम्म युक्रेनसँग शान्तिबार्ता गर्न चाहेको र त्यो इस्तानबुलमा गर्न सक्ने जनाएको भोलीपल्ट टर्कीले दुबै देश बिच मध्यस्थता गर्न र बार्ता स्थल आयोजक बन्न तयार भएको सन्देश दिएको हो ।

वीवीसीका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग सो को जानकारी दिएका हुन् ।

टर्कीको राष्ट्रपति कार्यालयका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्तानबुलमा युक्रेनसँग सीधा वार्ता गर्ने प्रस्ताव गरे पछि राष्ट्रपतिले एर्दोगनले सो घोषणा गरेका हुन् ।

टर्कीले युक्रेन–रुस वार्ताको आयोजना गरेको यो पहिलो पटक होइन, यसअघि पनि दुई देशका प्रतिनिधिमण्डलहरूले इस्तानबुलमा नै भेटघाट गरेका थिए।

images

युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले भने कि युक्रेनले रुसले आज अर्थात १२ मे देखि नै सुरु हुने गरी युद्धविराम हुने अपेक्षा गरेका छन् । ‘रूसका प्रतिनिधि भेटन युक्रेन तयारी अवस्थामा छ,’ उनले भने ।

images

जेलेन्स्कीले युक्रेन युद्धविराम वार्ताका लागि पुटिनलाई भेट्न तयार रहेको बताउँदै युद्ध अन्त्य गर्ने रुसको विचारलाई सकारात्मक संकेत भनिसकेका छन्। उनले अगाडी भनेका थिए, ‘युक्रेनले रसियाले युद्धविरामको पुष्टि गर्ने आशा गर्दछ, त्यो पूर्ण, दिगो र भरपर्दो होस, र मे १२ देखी नै लागुहोस ।’

त्यसो त ३० दिने युद्धविरामको माग गर्ने युरोपेली नेताहरूले कीभमा भेटेको केही घण्टापछि नै पुटिनले मे १५ मा युक्रेनसँग सीधा वार्ता गर्न आह्वान गरेका थिए।

images

एक दुर्लभ टेलिभिजन सम्बोधन मार्फत पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न चाहेको रूसी समाचार एजेन्सी तासले सार्बजनिक गरेकाे थियाे ।

त्यस अघि दोस्रो विश्वयुद्दमा बिजयी भएको ८० औं बार्षिकोत्सवमा पुटिनले चिनियाँ समकक्षी सि जिनपिङलगायत विश्वका २० भन्दा राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटबार्ता गरेका थिए ।

मस्कोमा भएको विश्वका नेताहरूसँग भएको सो भेटबार्ताले पनि पुटिन माथी बार्ता र सम्बादमार्फत जान तयार रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Nepal life insurance

Nepal life insurance