प्रधानमन्त्रीद्दारा उच्चस्तरको फिल्म स्टुडियो उदघाटन

Nepal Life

 

काठमाडौँ, ३० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् ।

Nepal life insurance

४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्।

देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

 

Nepal life insurance