




-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची।
बैशाख–३१,अर्घाखाँची – नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सी.ले अहिलेको सरकार नै नेपाल र नेपालीको हितमा नभएको आरोप लगाउनुभएको छ । रिण काढेर जिउ पाल्ने बाहेक अरु काम नगरेको जिकिर गर्दै सरकारले देशमा निराशा छरेको उहाँको दाबी छ ।


गणतन्त्रको रक्षा, प्रतिगमनका विरूद्द संघर्ष र संघीयता खारेजीको निम्ती राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मंगलबार सन्धिखर्क शान्तिबगैंचामा आयोजना गरेको चेतनासभालाई सम्बोधन गर्दै प्रवक्ता जि.सी.ले यस्तो बताउनुभएको हो ।

भ्रष्टाचारी र अपराधिलाई संरक्षण गर्ने, युवाजति विदेश बेच्ने अनि आफै सडकमा आएर रमिता देखाउने सरकारको गलत रवैयाले गणतन्त्रको बिरुद्धमा आवाज बढ्न थालेको प्रवक्ता जि.सी.को धारणा छ । पढ्न बोल्न खोज्दा दमन गर्ने, चेलीहरुको बलात्कार गर्ने, नयाँ व्यवस्थाको वकालत गर्दा हत्या गर्ने राजसंस्थाको माग गर्नेहरुको माग पुरा नहुने उहाँको तर्क छ ।


अन्धकारबाट उज्यालोमा आएका नेपालीहरु फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै नेता जि.सी.ले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र नै हुने तर्क गर्नुभएको छ । प्रसंग फेर्दै नेता जि.सी.ले नेपालमा संघिय व्यवस्था फेल भइसकेको दाबी पनि गर्नुभएको छ । नेपालको राजनितिक, आर्थिक वा भौगोलिक कुनैपनि दृष्टिकोणले संघियता असफल सिद्ध भएको उहाँको तर्क छ ।

संघियता नफाले कालान्तरमा यसले देशलाई भड्खालोमा हाल्ने भन्दै उहाँले विकास र समृद्धिका निम्ती स्थानीय तहलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

अखिल नेपाल किसान महासंघ अप्फाका केन्द्रिय महासचिव तुल्सी सापकोटाले सत्तामा बस्नेहरुको गलत प्रवृतिका कारण नागरिक निराश भएको र त्यहि मौकामा राजावादी सल्बलाएको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर अध्यक्ष गोविन्द वि.सी.को अध्यक्षता, राजमो नगर कोषाध्यक्ष लीला भुसालको स्वागत मन्तव्य र नगर सचिव बसन्त खड्काको सन्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के.सी. र अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेलले पनि मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा बोल्दै उहाँहरुले मसानघाटमा अन्तिम सस्कार गरिसकिएको राजा ब्युताउने कुरा दिवा सपना मात्रै हुने तर्क गर्नुभएको छ । संघियताको खारेज गरि मुलुकको विकास र समृद्धिको निम्ति सबै गोलबन्द हुनुपर्ने उहाँहरुको जोड छ । काँग्रेस, एमाले र माओवादी लगायतका पार्टी राष्ट्रघात गर्नको लागि तछाड मछाड गर्ने गरेको नेताहरुको आरोप छ ।


अहिलेको सरकार जनताको लागि नभएर अपराधी, भ्रष्टाचारी, शैक्षिक माफिया र भू–माफियाको लागि बनेको उहाँहरुको जिकिर छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना, राजमो जिल्ला सचिव बाबुराम पन्थी, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, सचिवालय सदस्यद्धोय भिमलाल आचार्य, कमल प्रसाद घिमिरे लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
थप तस्बिर :









