लघुकथा: पारिवारिक मेलमिलाप !

Nepal Life

 

-गोपाल प्रसाद भट्टराइ !

लघुकथा:  पारिवारिक मेलमिलाप !

एक परिवारमा बा-आमा र दाजुभाइ मिलेर बसेका हुन्छन् ! एकले अर्काको खुब ख्याल राख्छन्, सहयोग गर्छन्, आदर- सत्कार र माया गर्छन् ! दु:ख/सुख बाड्छन ! जब परिवारका दाजुभाइको बिहे हुन्छ , बुहारीहरुको आगमन हुन्छ ! ना-नातिना हुन्छन् !

आँधीखोला खवर | मेलमिलाप प्रक्रियाको सिद्धान्त र प्रभावकारीता - आँधीखोला खवरNepal life insurance

जब पारिवारिक जनसंख्या बढ्छ तब त्यहाँ खुसी पनि बढ्नुपर्नेमा त्यसो हुन सक्दैन ! मनहरु कुडिन थाल्छन् ! अनि त्यो घरमा खुसी खोसिन्छ ! काम, सम्पत्ति, खानपान र लालनपालनको बिषयमा रिष,डाहा,कुन्ठा र आवेग भरिन्छ ! घरमा कोलाहलको मुस्लो सल्किन्छ अनि घर टुक्राटुक्रा हुन्छ !

अनि सिनोमा झम्टिने गिद्दजस्तै बाहिरी मान्छेहरुको आगमन हुन्छ र आक्रमण हुन्छ ! घरको शक्ति बिभाजनको फाइदा लिनुपर्ने जति लिन्छन् र किर्नो झै अघाएर निस्किन्छन ! यस्तो चर्तीकला देखेर बा-आमा गल्छन , चिन्ताले चिताको बाटोमा लाग्छन् !

तिनै बा-आमाको शदगद गर्न दाजुभाइ जुट्छन र बोली फुकाउछन अनि एकाअर्कालाई बल्ल चिन्ने प्रयत्न गर्छन् ! बा-आमा र दाजुभाइ र पारिवारिक एकताको महत्त्व बुझेर बल्ल परिवारको खुसी र सुख खोज्ने प्रण गर्छन् !

के दाजुभाइको मिलन हुनलाई बा-आमाले ज्यान त्याग्नुपर्ने हो ??? होइन ! किनकि परिवारको पछिल्लो मिलनले दिने खुसीको मापन गराउने बा-आमाको अभावमा पूर्ण खुसी मिल्न सक्दैन ! सम्पत्ति, विलासिता भन्ने गौण हुन , यदि परिवारमा एकता भयो भने पूर्ण खुसी र सुख त्यही मिल्छ ! त्यसैले समयमै बुझौं र सन्तुष्ट जीवन रोजौ !!!

 

Nepal life insurance