अबको दिन माओवादीकाे हुनेछः अध्यक्ष प्रचण्ड

Nepal Life

 

बैतडी, १ जेठ । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ।

Nepal life insurance

अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् ।

भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको  भएको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाए ।

अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताए। उनले भने, “ तराई को अभियानले माओवादी प्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र, जनताको दिन समग्रमा हाम्रो हुनेछ।”

 

images

Nepal life insurance

 

images