मुलुकको आर्थिक समृद्धिका निम्ती निजी क्षेत्रसँगको सहकार्य अनिवार्यः अर्थविद् नेपाली (तस्बिर सहित)

Nepal Life

 

-गोपाल प्रसाद भट्टराई,अर्घाखाँची 

अर्घाखाँची – अर्थविद् सुवास नेपालीले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य र साथ अनिवार्य रहेको बताउनुभएको छ । नेपालले आर्थिक सुधारका सकरात्मक प्रयास जारी राखेपनि प्रयाप्त हुन नसकेको उहाँको भनाई छ ।

युएनको ग्लोबल छनोटबाट श्रृलंकाको लागि आर्थिक सल्लाहकारमा नियुक्त हुन सफल हुनुभएका नेपालीलाई बिहिबार गृह जिल्ला अर्घाखाँचीमा बधाई तथा शुभकामना ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

May be an image of 3 people, hospital and text

उत्पादन र परिणाम दिने क्षेत्रमा लगानी गरि मुलुकको विकासलाई द्रुत गतिमा लैजानुपर्नेमा अर्थविद नेपालीको जोड रहेको छ । मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै हिँड्नुपर्ने उहाँले बताउनुभयो । आर्थिक समृद्धि र विकासको निम्ती निजि क्षेत्रको लगानीको लागि नितिगत व्यवस्था स्पष्ट हुनुपर्ने अर्थविद् नेपालीको भनाई छ ।

May be an image of 6 people, hospital and text that says "खांची उद्योग वाणिज्य संघ KHANCHI CHAMBER OF स्ान्थिस्वर्क नगरपालका बड़ा COMMERCE&INDUSIRY 1 अयास्ाचा COMMERCE & INDUSTRY रदिরের মल सम्जान សមេតហតេ संध नेवाल कारटक्रम ERS"

युवालाई देशमै काममा लगाउन सक्ने, उद्योग संचालन गर्ने र उत्पादनमा जोडिने गरि लगानीको वाताबरण बनाउनुपर्नेमा उहाँको जोड छ । दलित पत्रकार संघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला, भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल र दलित अधिकारकर्मी बिष्णु परियारले मन्तव्य राख्दै अर्घाखाँचीको छोरो अन्तराष्ट्रिय रुपमै नाम चिनाउन सफल हुनु गर्वको कुरा भएको बताउनुभएको छ ।

May be an image of 4 people and text

जिल्लास्थित विभिन्न राजनितिक दलका नेताहरु, दलित अधिकारकर्मिहरु, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा दलित पत्रकार संघ नेपाल लुम्बिनीका सचिव अनिल नेपाली र नविन रसाइलीले सहजीकरण गर्नुभएको थियो ।

 

Nepal life insurance

 

अन्य समाचारहरु