निशुल्क रुपमा इसिजि, भिडियो एक्सरे, एक्सर्े, सुगर तथा प्रेसर जाँच सहित निशुल्क अाैषधि वितरण गरिने समाजका अध्यक्ष गाेविन्द प्रसाद लम्सालले बताए ।
बाइट साझा हस्पिटल प्रालि बुटवलको प्राविधिक सहयोग र साना किसान सहकारी सस्था लिमिटेडकाे सहआयोजनामा सञ्चालन भएको शिविरकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।
सवास्थ्यनै प्रमुख सम्पत्ति भएकोले विशेषज्ञ सेवा सहितको शिविरमा उपचार गरेर फाइदा लिन सबैलाई आग्रह गरे । बाइट शिविरमा बरिस्ठ चिकित्सकहरु हाडजोर्नी तथा नशा राेग विशेषज्ञ डाक्टर लक्ष्मण शर्मा, फिजिसियन डाक्टर कृष्ण खनाल, महिला तथा प्रसुति राेग विशेषज्ञ डाक्टर उमेश जैसवाल तथा डाक्टरहरु कुन्दन मरासिनी, जीवन थापा, हिमाल पन्थी, विष्णु गुरुंग लगायतको टिमले उपचार गरिरहेकाे साझा अस्पतालका अध्यक्ष गाेविन्द खनालले जानकारी दिए ।
बाइट शिविरको उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, साझा हस्पिटलका अध्यक्ष गाेविन्द खनाल, बरिस्ठ डाक्टर लक्ष्मण शर्मा, वडा अध्यक्ष श्रीधर महत्रा, निवर्तमान अध्यक्ष कृष्णबहादुर आचार्य, समाजका उपाध्यक्ष शालिकराम रायमाझी लगायतले मन्तव्य राखेका थिए ।
शिविरमा उपचारका लागि सन्धिखर्क ६ नरपानी, ७ खाँचीकाेट, पाणिनि गाउँपालिकाकाे अड्गुरी लगायतका स्थानीयहरुकाे सहभागीता रहेको छ । कार्यक्रम अर्घाखाँची नरपानी रुपन्देही सम्पर्क समाजका अध्यक्ष गाेविन्द प्रसाद लम्सालकाे अध्यक्षता, सचिव कृष्णप्रसाद न्याैपानेकाे सञ्चालन र साना किसान कृषि सहकारी नरपानीका ब्यवस्थापक सरस्वती न्याैपानेकाे स्वागत मन्तव्य सम्पन्न भएको थियो ।
कार्यक्रममा ज्ञानराज न्याैपाने, लिलाराम गाैतम, शेरबहादुर विसि, साना किसानका अध्यक्ष सुमित्रा बिक, सन्धिखर्क नगरपालिकाका प्रमाेद केसी, दिलिप केसी लगायतको उपस्थिति रहेको थियोे ।
थप तस्बिर :