स्याउ बोकेको डिब्बा गाडी चेकजाँच गर्दा : रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

Nepal Life

 

काठमाडौं, ४ बैशाख । प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।

Nepal life insurance

गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो।

बरामद भएको सुन राष्ट्र बैंकले जोख्दै, भन्सार एजेन्टसहित ६ जना पक्राउ

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।  चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्।

‘स्याउ बोकेर आएको डिब्बा गाडी चेकजाँच गर्दा सुन फेला परेको हो,’ शाहीले भने। बरामद सुनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

images

Nepal life insurance

 

images