श्री भगवती माध्यमिक विद्यालयमा सचेतना, सुशासन र शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न । (तस्बिर सहित )

Nepal Life

 

अर्घाखाँची जेठ ४ — भूमिकास्थान–९ स्थित श्री भगवती माध्यमिक विद्यालय, डेभामा सचेतना, सुशासन, शैक्षिक गुणस्तर तथा नतिजा सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

May be an image of 8 people, people studying and text that says "पाप रहदैन मौन रंहे कलह हूदेन जागा रहिरहे डर रहदैन शिक्षित भमुरयं भडदैन RERON बालय विठ वविद्यालय भनेका महापुरप निर्मांण इरहन/ चाणक्य स्शासनका लानि विद्यालयमा सामाजिक पुरवांधारको विकासका लागि सरोकारवालाहससंन सगेतना सुमरयासन, शैक्षिक गुणस्वर तथा नविज सधार सम्वान्ची अन्तरक्रिय ठ्यक्रन मिति मिरिववव सয়াत কন " Malia SAPUNG"Nepal life insurance

सामाजिक विकास डिभिजन कार्यालय, तौलिहवा कपिलवस्तुको आयोजनामा सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सम्पूर्ण शिक्षक–शिक्षिका तथा कक्षा ८, ९, १० र ११ का विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of 12 people, people studying and text

शैक्षिक सत्रको प्रारम्भमै आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्त फलदायी, चेतनामूलक र प्रभावकारी बनेको सहभागीहरूको भनाइ छ।

May be an image of 1 person, studying and text

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख हरिलाल आर्यालले सम्बोधन गर्दै, “शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिसहित सबै सरोकारवालाहरू आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न सके विद्यालयको शैक्षिक गुणस्तर र नतिजामा उल्लेखनीय सुधार ल्याउन सकिन्छ,” भन्ने धारणा व्यक्त गर्नुभयो।

May be an image of 4 people, people studying and text that says "अंसल किताव पढ़न मनरतर U"

कुशल प्रशिक्षकको संयोजनमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव, चुनौती र सम्भावित समाधानका उपायहरू खुलेर प्रस्तुत गरेका थिए।

May be an image of 5 people and people studying

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले यस्ता कार्यक्रमले विद्यालयमा सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। कार्यक्रम समापन गर्दै विद्यालय प्रशासनले सहभागी सबैप्रति आभार प्रकट गरेको थियो।

 

Nepal life insurance

अन्य समाचारहरु