लेखा समितिको निर्णय : पतञ्जलिको फाइल पनि अख्तियार पठाउने

 

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले पतञ्जलि योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

Nepal life insurance

बिहीबार बसेको लेखा समितिको बैठकले विभिन्न निकायबाट संकलन भएका पतञ्जली सम्बन्धी फाइलबारे कुनै अध्ययन नै नगरी तिनलाई अख्तियारमा पठाउने निर्णय गरेको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय र विभिन्न ठाउँमा सोधपुछ गरी प्रतिवेदन बनाएको बताए ।

‘पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायहरुबाट सोधपुछ गरी विवरणहरु मगाएका थियौं । त्यससम्बन्धी प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको ’सभापति पोखरेलले जानकारी दिए ।

गतवर्ष संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भनी उजुरीको छानविनका क्रममा विभिन्न निकायहरूबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो ।
। पतञ्जली योगपीठको जग्गा अनियमितताबारे  अनुसन्धान सकिए पनि अख्तियारले थप प्रक्रिया अघि बढाएको छैन ।  -SP

 

Nepal life insurance