१५ गतेकाे आन्दाेलन अनुगमन गरिदिन मानवअधिकार आयाेगलाई राजावादीको पत्र

 

काठमाडौं –  राजावादी समूहहरूले जेठ १५ गतेदेखि गर्न लागेको आन्दोलनमा सरकारले दमन गर्नसक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका छन्।

Nepal life insurance

शुक्रबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरू आयोग पुगेर ध्यानाकर्षण गराएका हुन्।

आयोगको ध्यानाकर्षण गराउँदै नेताहरुले राजसंस्थावादी शक्तिको आन्दोलनलाई लिएर सरकारका तर्फबाट व्यक्त भएका अभिव्यक्तिहरू नै हिंसाप्रेरित देखिएको भन्दै राज्यको रवैयाको समेत प्रभावकारी अनुगमन गर्न आग्रह गरे।

 

Nepal life insurance