अर्घाखाँची: अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनको आठौं जिल्ला भेला सम्पन्न, अध्यक्षमा माधव ढकाल चयन (तस्बिर सहित )

 

-सन्तोष सुनार, अर्घाखाँची। 

जेष्ठ १०, सन्धिखर्क, अर्घाखाँची। राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनको आठौं जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। उक्त भेलाले माधव ढकालको अध्यक्षतामा ११ पूर्ण, ३ वैकल्पिक र ४ सल्लाहकारसहितको नयाँ जिल्ला समिति चयन गरेको छ।

May be an image of 14 people and textNepal life insurance

नयाँ समितिमा अध्यक्ष माधव ढकाल, उपाध्यक्ष भुपाल विसी, सचिव देविराम वेल्वासे, सह-सचिव विशाल थापा, कोषाध्यक्ष तिलक भुसाल चयन हुनु भएको छ। सदस्यहरूमा पशुपति भुसाल, द्रोन प्रसाद वेल्वासे, रोम प्रसाद खनाल, डेम घम, दामोदर वेस्नेत र रेशम रायमाझी रहेका छन्।

May be an image of 16 people and text

वैकल्पिक सदस्यमा दामोदर भुसाल, सालिकराम पोख्रेल र कृष्ण पाण्डे चयन हुनु भएको छ। सल्लाहकारमा दुर्गा भुसाल, कमल विसी, शोभाखर भुसाल र बलराम बन्जाडे रहनु भएको छ।

May be an image of 1 person and text that says "संसारका मनदर एक होजी గ.ಕಾ-,. माससवाद सेंनिनवाद माजी विव्ारच्यारा सिन्दाबार अखििल नेोपाल गाष्ट्िय यातायात मजदगयानियन s अर्घाखाचीको 飞 औ जिल्ला भेल आयोजक: मिति: मिरति:२०जेळभगतेशविवा २०८२ जेष्ठ 90 गते शनिवार अखिल नेपाल राष््य यातायात मजदुर यु स्थान: सन्धिखक- २. अघांबांची जिल्ला कमिटी अर्घाखाॉद REDMI REDMINOTE NOTE SANTOSH-SUNAR SANTOS आबवल नेपाल देड यूनियन महासंघ अन्टक) 24/05/2025 11:58"

भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रीय अध्यक्ष गोविन्द विसी, राष्ट्रिय जनमोर्चा प्रदेश सल्लाहकार शेरबहादुर विसी, अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव सकुन्तला राना, राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगर प्रमुख

May be an image of 11 people and text

झविलाल थापा, राजमो प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा मसाल जिल्ला प्रवक्ता पशुपति ढकाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दीपक पन्थी, अखिल नेपाल युवक संघ अर्घाखाँचीका जिल्ला सचिवालय सदस्य सन्तोष सुनार, अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीका जिल्ला अध्यक्ष कृष्ण बन्जाडे लगायतको आतिथ्यता रहेको थियो।

May be an image of 14 people and text that says "जिल्लाभेल ommia REDMINOTE REDMI NOTE 12 SANTOSH SANTOSHSUN SUNAR 24/05/2025 12:06"

कार्यक्रममा अतिथिहरूले नयाँ कार्यसमितिलाई बधाई एवं शुभकामना दिँदै मजदुर आन्दोलनको इतिहास, त्याग र योगदानका पक्षमा प्रकाश पार्नु भयो। उहाँहरूले मजदुर भनेको सधैं आफ्नो कामप्रति इमान्दार रहने र कर्तव्यप्रति सचेत रहने वर्ग भएको स्मरण गराउँदै, सबैले आफ्नो जिम्मेवारीप्रति स्पष्ट र दृढ हुनुपर्ने कुरामा जोड दिनु भयो।

May be an image of 16 people and text

भेला पुर्व कार्यसमिति सदस्य भुपाल विसीको अध्यक्षता, लोकराज भुसालको प्रमुख आतिथ्यता, देविराम वेल्वासेको स्वागत मन्तव्य र माधव ढकालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रम ज्ञात–अज्ञात सहिदहरूप्रति सम्मान गर्दै एक मिनेट मौन धारणसहित राजमो पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न भएको हो।

Nepal life insurance

 

अन्य समाचारहरु