




-रुद्रमणी भुसाल ।
जेठ १० अर्घाखाँची । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले राजनीतिक संयन्त्रले कुनै प्रतिफल दिन नसकेको बताउनु भएको छ । नेपाली कांग्रेस अर्घाखाँचीका जिल्लाको दोस्रो जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।


पुनले देशलाई सही दिशामा लैजान सरकारको ढंग नपुगेको बताउनु भयो । सरकार र जनताबिच ठुलो खाडल परिसकेको दाबी गर्दै सभापति पुनले समयमै सरकार नसच्चिए यसले चरम असन्तुष्टि निम्त्याउने बताए । जनतामा निराशा बढिरहेकामा पनि उनले चिन्ता व्यक्त गरे। ‘सात बुँदे सहमति गरेर सत्तामा त पुग्यौँ,’ सभापति पुनले भने, ‘न ती बुँदा कार्यान्वयन भए, न सरकारको काम गर्ने ढंग पुगेको देखिएको छ।’

संघ सरकार जस्तै लुम्बिनी प्रदेश सरकार पनि काम गर्न नसकेको उनको भनाई छ। ‘प्रदेशहरू माथि नै प्रश्न उठिरहेका बेला सरकारले त्यही कुरालाई बल पुग्ने गतिविधि गरिरहेका छन्,’ सभापति पुनले भने। प्रदेश सरकारले ठिक ढंगले काम गर्न नसक्दा प्रदेश खारेज गर्नुपर्छ भन्नेहरूलाई बल पुगिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।


राजनीतिक संयन्त्रका विषयमा समेत सभापति पुनले असन्तुष्टि जनाए। ‘औचित्यहीन संयन्त्र गठन गरेर दलहरूलाई पंगु बनाउने काम भएको छ। संयन्त्रमा उठेका कुरामा ध्यान दिएर सरकारले सुझाव सुनेको भए हुन्थ्यो। यहाँ त न सरकारले सुन्ने गरेको छ, न ग्रहण नै,’ उनले भने। सभापति पुनले संघ र प्रदेश सरकारले आफ्नो कार्यशैली सच्याउनु पर्ने धारणा व्यक्त गरे।

२ प्रमुख पाटी कांग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि विकाश निर्माणमा टेवा पुगोस भनेर बनाएका संयन्त्रले केहि काम गर्न नसकेकाले आफुहरुको केन्द्रिय महामन्त्री गगन थापा पछिल्लो समय संयन्त्रको बैठकमा समेत जान छोडेको बताउनु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत यसमा कुनै ध्यान नदिदा प्रदेश सम्म असर पुगेको सभापति पुनको भनाइ छ ।

यस्तै उहाँले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा सफल बनाउनको लागि अहिले देखि वडा,पालिका र जिल्ला तहको संगठन बलियो बनाउनको लागि लाग्न आग्रह गर्नु भयो ।अब जनताले विकाश चाहेको छ ,सोहि बमोजिमका एजेण्डा लिएर बास्तवीक समस्याको पहिँचानमा लाग्न जरुरी रहेको बताउनु भयो ।


कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्दिय सदस्य रेवती प्रसाद भुसाल , नेपाली कांग्रेसका पुर्ब आमन्त्रि केन्द्रिय सदस्य बालकृष्ण पाण्डे , लुम्बिनी प्रदेशका सहमहामन्त्रि बिष्णु प्रसाद खनाल मुस्कान , यस्तै नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले नेकपा (एमाले) सँगको जिल्लास्तरीय राजनीतिक संयन्त्रबाट बाहिरिने चेतावनी दिनु भएको छ । मुख्यमन्त्रीकै गृह जिल्लामा समेत कांग्रेसलाई उपेक्षा गरिएको भन्दै उहाँले यस्तो बताउनु भएको हो ।

हामीले पटक–पटक संयन्त्रको बैठक बोलाउन र संयुक्त रूपमा योजना छनोट गर्न आग्रह ग¥यौं, तर एमालेले सुनुवाइ नगरेको समेत बताउनु भएको छ ।

पुर्ब सभापति कमल प्रसाद भुसाल , सितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेल , छत्रदेब गउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,धादिकका महासमिति सदस्य कृष्ण रिजाल , महाधिबेशन प्रतिनिधि मुक्ति श्रेष्ठ ,महाधिबेशन प्रतिनिधि निर्मला क्षेत्री लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी , नेबिसघंका जिल्ला अध्यक्ष कृष्ण भुसाल लगायतले मनतब्य राख्नु भएको थियो ।
थप तस्बिर :








जिल्ला सम्मेलन पाटी सचिब कृष्ण खनालको संचालन र जिल्ला उपसभापति बाबुराम पौडेलको स्वागत मनतब्यमा सम्पन्न भएको हो । कार्यक्रममा महासमिति सदस्य , महाधिबेशन प्रतिनिधि , पाटीका जिल्लाका पदाधिकारी ,जिल्ला सदस्य क्षेत्रिय प्रतिनिधि ,क्रियाशिल सदस्य लगायत झन्डै २ हजार नागरिकको उपस्थिति रहेको थियो ।




