देश बिग्रिन नदिन जेठ १५ को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन

 

काठमाडौं, जेठ १० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन्।

Nepal life insurance

राजसंस्था पुनः स्थापनाको लागि घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले जेठ १५ गतेको आन्दोलनमा देशवासी नै  सहभागी हुनुपर्ने बताएका हुन्।

देश बिग्रिन नदिन जेठ १५ को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन

‘नेपालको भविष्य बर्वाद हुनेवाला छ। यसकारण यो देशलाई बिग्रिन नदिनको लागि, भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा आउनुपर्छ,’ उनले भने, ‘यो आन्दोलन नेतृत्व गर्नेको मात्र होइन यो आन्दोलन हामी सबैको साझा आन्दोलन हो । देशवासीको आन्दोलन हो।’

अध्यक्ष लिङ्देनले जनताको एक दिनको धक्काले र योगदानले यो भ्रष्ट व्यवस्था ढल्ने बताए। उनले शान्तिपूर्ण आन्दोलनमा कुनै पनि हिंसात्मक कार्यहरु गर्न नदिन सरकारलाई आग्रह गरे।

‘तपाईंको एक दिनको धक्काले र योगदानले यो  भ्रष्ट व्यवस्था ढल्छ। र सबैको  भविष्य सुरक्षित हुन्छ। हामी शान्तिपूर्ण आन्दोलन गर्छौं,’ उनले भने, ‘यो शान्तिपूर्ण  आन्दोलनमा सरकारलाई हामी कुनै हिंसात्मक कार्यहरु गर्न नदिनको लागि आग्रह गर्न चाहन्छौं।’

images

 

Nepal life insurance

images