आँसुको मूल्य …

 

  आँसुको मूल्य

 -गङ्गा ज्ञवाली खनाल

आँसुको मूल्य अपार रहेछ ……
मैले आँसुको व्यापार गरेको देखें

ती व्यापारीले अरबौं अरब कमाएको देखे
अरूको आँसुमा रमाएको देखें
गरीब निमुखा र अशक्तलाई समाएको देखें
निरीहहरूको आँसु किस्तिमा सजाएको देखें
व्यापार अपार पो रहेछ

जति आँसु संगाल्यो त्यति व्यापार बढाएको देखें
आज मैले आँसु ले व्यापार गराएको देखें
कति कोमल छ हामीहरूको हृदय
अन्ध विश्वासमा रमाएको देखें

थोरै आँसु के देखिन्थ्यो
दानीहरुले हजारौं लाखौं खनाएको देखें
आँसु बेचेर कमाएको धनले

सम्पूर्ण सुविधा समाएको देखें
सायद पैसा सबथोक रहेछ यहाँ
पैसाले इज्यत कमाएको देखे

दुखीको आँसु विक्दो रहेछ बजारमा
प्रत्यक्ष व्यापार गराएको आफैले देखें
मन भरियो तन छट्पटाइ रह्यो
त्यसैले जे देखे त्यही लेखे …

 -गङ्गा ज्ञवाली खनाल

Nepal life insurance