सिंहदरबारमा कर्मचारीको धर्ना , मुख्यसचिव र सचिवलगायतका कर्मचारीले पनि २ वर्षे ‘कुलिङ पिरियड’ को व्यवस्था हटाउन माग गर्दै  दौडधुपमा

सिंहदरबारमा कर्मचारीको धर्ना , मुख्यसचिव र सचिवलगायतका कर्मचारीले पनि २ वर्षे ‘कुलिङ पिरियड’ को व्यवस्था हटाउन माग गर्दै  दौडधुपमा

काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै निजामती कर्मचारीले संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । .

Nepal life insurance

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधान कर्मचारीमैत्री नरहेको उनीहरूको गुनासो छ ।

सेवाअवधि भएको कर्मचारीलाई एक तह बढुवाको समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, संघ–प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटकका लागि छनौटको अवसर दिनुपर्ने उनीहरुले माग गरेका छन् ।  आन्दोलनमा नासु, खरिदार तहका कर्मचारी बढी सहभागी छन् ।

विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने भन्दै आफूहरूको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

मुख्यसचिव र सचिवलगायतका कर्मचारीले पनि २ वर्षे ‘कुलिङ पिरियड’ को व्यवस्था हटाउन माग गर्दै यतिखेर दौडधुप गरिरहेका छ्न् । -SP

Nepal life insurance