प्रधानमन्त्रीले उत्तेजक अभिव्यक्ति दिन पाइदैन, आइन्दा नदोहोरियोस्- गगन थापा

 

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिकलाई उत्तेजनामा ल्याउने अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।

Nepal life insurance

सोमबार बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै महामन्त्री थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका हुन् ।

उनले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्री स्वयंले नै उत्तेजक अभिव्यक्ति दिनु कल्पनाभन्दा बाहिरको कुरा भएको बताएका छन् ।

उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू आइन्दा नदोहोरियोस् ।’

प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमालेको वाग्मती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुने र सोहि अनुसार तयारी अवस्थामा बस्न कार्यकर्तालाई निर्देशन दिएका थिए । -KB

images

 

Nepal life insurance

images