बिजयनगर ३ जनचेतना आ.बि. मा २ कोठे भवनको बिधायकद्वारा शिलान्यास

 

-धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तु क्षेत्र नं ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादव र बिजयनगर ३ का वडा अध्यक्ष बि के चौधरी संयुक्त रुपमा विजयनगर गाउँपालिका–३, जनचेतना आधारभुत विद्यालयमा २ कोठे भवनको शिलान्यास गर्नुभएको छ ।

Nepal life insurance

पूर्वमन्त्री यादवले आफ्नो संसदिय विकास कोषको लगानीमा २५ लाखको २ कोठे भवनको शिलान्यास गर्नु भएको छ ।वडा अध्यक्ष चौधरीले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले भविष्यमा शिक्षा क्षेत्रको थप विकास हुने उल्लेख गरे।

उनले आगामी दिनमा विद्यालय सुधारका अन्य योजनाहरू पनि ल्याउने प्रतिबद्धता जनाए। चौधरीले बजेट पारी बिद्यालयलाई पुर्याउनु भएको सहयोगको कदर गर्दै पुर्व मन्त्री यादवलाई धन्यवाद व्यक्त भएको थियो ।

 

Nepal life insurance

अन्य समाचारहरु