अर्घाखाँची समाज जापान चुबु क्षेत्रीय समिति नागोयाको प्रथम अधिवेशन नागोयामा सम्पन्न (तस्बिर सहित )

 

अर्घाखाँची समाज जापानको नागोया क्षेत्रीय समितिको प्रथम अधिवेशन,नागोयामा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सामाजिक एकता र समन्वयलाई अझ सशक्त बनाउने अठोट गरेको छ।

May be an image of 10 people

अधिवेशन समारोहमा अर्घाखाँची समाज जापानका संरक्षक एवम पूर्व अध्यक्ष बाबुराम पौडेलको प्रमुख आतिथ्यता केन्द्रीय समितिका अध्यक्ष कृष्ण के.सी को विशिष्ट आतिथ्यता रहेको थियो।

May be an image of 7 people

त्यसैगरि अतिथिहरुमा अर्घाखाँची समाज जापानका  सल्लाहकार गणेश  रायमाझी, उपाध्यक्ष मनीष खनाल, सचिव द्वय अशीम खनाल, सरोज भूषाल, विद्यार्थी संयोजक नारायण भट्टराई रायमाझी, एनआरएनए एसिया प्यासिफिक उपसंयोजक दीपक कार्की प्रवासी अन्तराष्ट्रीय कमिटी सदस्य मलेसिया ईन्चार्ज  सरोज कडेल NRNA नागोया संयोजक भेषनाथ गौतम लगाएत विभिन्न संघ संथाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Nepal life insurance

अधिवेशनले कार्यसमितिको अध्यक्षमा मनोज खनाल चयन भएका गरेको छ।समितिको उपाध्यक्षमा अनिल पौडेल र निमानन्द आचार्य चयन भएका छन् । त्यसैगरि सचिवमा सविता पन्थी सह-सचिवमा माधव खत्री कोषाध्यक्ष मनोज पौडेल सदस्यहरु कृष्ण भुसाल  कोपिला पन्न्थी पशुपति पाण्डे चयन भएका छन् । क्षेत्रिय समिति नागोयाको संरक्षकमा चंद्र प्रकाश भुसाललाई जिम्मेवारी प्रदान गरीएको छ।

May be an image of 8 people, people studying, table and text that says "+ " સાા ប m अर्धाबीची अी समाज नपाल सेज्रीय ससिति(नागोया) र्ाम क्षेत्रीय अधिवेसन"

अधिवेशन समारोहमा प्रमुख अतिथि बाबुराम पौडेलले संस्थाको सुरुवाती यात्रादेखि हालसम्मको योगदानको चर्चा गर्दै सामाजिक उत्तरदायित्व अझ सशक्त बनाउनुपर्ने बताऊनु भयो।

May be an image of 8 people, people studying, table and text that says "+ " સાા ប m अर्धाबीची अी समाज नपाल सेज्रीय ससिति(नागोया) र्ाम क्षेत्रीय अधिवेसन"

अध्यक्ष कृष्ण के.सी. ले नयाँ नेतृत्वलाई बधाई दिँदै संस्थाको भावी यात्रामा केन्द्रीय समितिको सधैं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नु भयो। मन्तव्य राख्ने वक्ताहरूले जापानमा रहेका अर्घाखाँचीबासी बीच सहकार्य, सहयोग र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

May be an image of 12 people

नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक, सांस्कृतिक एव शैक्षिक कार्यक्रमहरू संचालन गर्दै समुदायलाई एकताबद्ध राख्ने प्रतिबद्धता जनाएको  छ। कार्यक्रम समाजका केंद्रीय सचिव असीम खनालले संचालन गरेका थिए।

 

Nepal life insurance

अन्य समाचारहरु