प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

 

प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

काठमाडौं- नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाल सम्मानित भएका छन्। राजधानीमा मंगलबार आयोजित एक समारोहका बीच खनाललाई सम्मान गरिएको हो।

पर्वत्य साहित्य समाज नेपालले ‘प्रतिक ढकाल कीर्तिमान यात्राबर सम्मान-२०८२’बाट खनाललाई समान गरेको हो। उक्त सम्मानको पहिलो संस्करण ‘आध्यात्मिक यात्रा, अन्तधार्मिक सहकार्य तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समर्पित’ खनाललाई दिइएको हो।

पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ। खनाललाई यो सम्मान हिन्दु, बौद्ध, सिखलगायत धर्महरूको पवित्र तीर्थहरूको दर्शन, साधन र सनातन मूल्यको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ।

Nepal life insurance

उक्त अवसरमा दार्जिलिङका प्रख्यात यात्रा साहित्यकार सालोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ पुरस्कार’ को सातौं संस्करण प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशी ५५ हजार रुपैयाँ रहेको थियो।

images

समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार घनश्याम राज कर्णिकार थिए भने कार्यक्रमको अध्यक्षता प्रतीक ढकालले गरेका थिए।

साथै, त्रिभुवन विश्वविद्यालयका पूर्वनेपाली विभाग प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल विशेष अतिथि थिए। कार्यक्रममा नेपाल र भारतका वरिष्ठ साहित्यिक, सांस्कृतिक एवम् सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

images

‘यो सम्मान प्रदीप खनालको लागि मात्र नभई समग्र समाजको अध्यात्मिक चेतना, सहअस्तित्व र सांस्कृतिक पुनर्जागरणप्रतिको साझा अभियानको प्रेरणास्वरूप स्थापित हो,’ संस्थाका अध्यक्ष ढकालले भने।

images

खनालले वि.सं. २०८० असारदेखि २०८१ असारसम्म गरी भारत, महाराष्ट्र, सिरडीकी विनिता लेप्चा र मध्यप्रदेश, इन्दौरका मङ्गेश भागवतका साथ नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र तिब्बत, चीनका चार धाम, चार आदिशक्तिपीठ, १८ महाशक्तिपीठ, ५२ शक्तिपीठ १०८ सिद्धपीठ, सप्तपुरी, शिखधर्मका ११ गुरुद्वारा र बौद्धधर्मका १३ तीर्थस्थल भ्रमण, दर्शन, पूजापाठ गरेका थिए।

साथै उनले तिब्बतको कैलाश मानसरोवरदेखि  भारतका तामिलनाडुका तीन सागरको सङ्गमस्थल कन्याकुमारी), अरुणाचलको परशुराम कुण्ड तथा पाकिस्तान, बलुचिस्तानस्थित हिङ्गलाज माता मन्दिरको अनिल कुण्डलगायत २३ कुण्ड, तलाउ, नदी र नदीका मुहानमा डुबुल्की पनि लगाएका थिए।

 

Nepal life insurance

Nepal life insurance